श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ ४ गते बिहीबार, १८ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि २२ः०३ बजेसम्म, उप्रान्त औंसी, नक्षत्र अश्विनी ०७ः४१ बजेसम्म, उप्रान्त भरणी, चन्द्रमा राशि मेष, सूर्योदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सहयोगीहरूले साथ दिनेछन् भने पहिलेको सफलताले थप काम गर्न हौसला प्रदान गर्नेछ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। 


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। समय दिन नसक्दा बन्न लागेको कामसमेत बिग्रन सक्नेछ। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ । समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। 


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरका लागि निकै दौडधुप गर्नुपर्ला। 


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ। 


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। कामकाजबाट मनग्य फाइदा उठाउन सकिनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। प्रेमसम्बन्धमा सफलता मिल्नुका साथै मिष्ठान्न भोजन प्राप्त हुनेछ।