प्रदेशको पुनः नामाकरणमा सबै दल एकमत भए कांग्रेस पनि तयार हुने कांग्रेस कोशीका संसदीय दलका नेता उद्धव थापाले बताएका छन् ।
थापाले प्रदेशको नामकरणको विषयमा भइरहेको आन्दोलन र असन्तुष्टि सम्बोधन गर्नका लागि सबै दल तयार भए आफूहरु पनि तयार हुने बताए ।
संसदीय दलको बिहीबार बसेको बैठकपछि प्रतिक्रिया दिँदै दलका नेता थापाले संविधानले दिएको अधिकार प्रयोग गर्ने विषयमा कांग्रेस तयार हुने बताए ।
‘संविधानले दिएको अधिकारलाई प्रयोग गरेर नाम परिवर्तन हुनसक्छ । नाम परिवर्तन हुनै सक्दैन भन्ने छैन, त्यसका लागि सबै दल सहमत हुनुपर्छ,’ उनले भने ।