काग्रेस संसदीय दलको बैठकले ल्यापटप खरिद प्रक्रिया रोक्न प्रदेशसभा सचिवालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
प्रदेशसभा सचिवालयले सांसदका लागि एक सय वटा ल्यापटप खरिदको प्रक्रिया अगाडि बढाएको छ ।
कांग्रेस दलको बैठकले ल्यापटप खरिदका लागि छुट्याइएको एक करोड ५० लाख रूपैयाँ किसान लक्षित कार्यक्रममा खर्च गर्न सरकारलाई आग्रह गरेको संसदीय दलका नेता उद्धव थापाले जानकारी दिए ।
कोशी प्रदेशको झापा र इलाममा पशु चौपायामा रोग फैलिएको छ । चौपाया मरेर क्षति पुगेका किसानलाई ल्यापटप खरिदका लागि छुट्याइएको बजेट खर्च गर्न दलका नेता थापाले आग्रह गरे । प्रदेशसभा सचिवालयले ल्यापटप खरिद गरे कांग्रेसले नलिने उनले बताए ।