देउराली । स्तन क्यान्सर पीडित  रामधुनी ९ जितपुरकी  सितिया ऋषिदेवले सहयोगको याचना गरेकी छन् । 

विगत ६ महिना देखी आर्थिक अभावका कारण उपचारमा समस्या आएको भन्दै उपचारका लागि सहयोगको याचना गरेकी हुन् । स्वास्थ्यमा समस्या देखिएपछि छ महिना अघि भक्तपुर क्यान्सर अस्पतालमा परीक्षण गर्दा क्यान्सर देखिएको बताएकी ऋषिदेव  उपचार खर्च नहुँदा  शरीरमा घाउ बोकेर हिँड्न बाध्य भएको बताइन् । उनले क्यान्सर पहिचान भएपछि विभिन्न दाताहरूबाट बिर्तामोड स्थित विएण्डसी अस्पतालमा दुई पटक किमो गराएको भए पनि डाक्टरले जेठ महिना भित्र अप्रेसन गरिसक्नुपर्ने भनेपछि खर्च अभावले अन्योलमा परेको बताए । " श्रीमान् मजदुर गर्नु हुन्छ तीन जना छोराछोरी छन्, श्रीमानको खर्चले घर चलाउनै सकिरहेका छैन कसरी उपचार गर्ने  ?" ऋषिदेवले भनिन् " चन्दा उठाएको पैसाले  बिर्तामोड जाने खर्च जुटाइम् , त्या फ्रीमा  किमो गरिदियो अब अप्रेसन गर्नु पर्छ भनेको छ पैसा छैन ।   सबैले सहयोग गरी दिए म बाच्ने थिए । "

सामान्य लेखपढ समेत नभएकी उनले उपचार खर्च कति लाग्ने भन्ने जानकारी समेत नभएको भन्दै स्थानीय सामाजिक अभियन्ता विजय रजकको सहायता कीमो गराउन सकेको बताइन् । 

अभियानता रजकका अनुसार अप्रेसनमा करिब २ लाख खर्च लाग्ने भए पनि चन्दा सङ्कलन गर्न नसकिरहेका बताए । उनले भने " गाउँघरमा चन्दा सङ्कलन गरेर दुई   बिर्तामोड जाने खर्च निकाल्या नगरपालिका  र वडा कार्यालयले ५र५ हजार दिएको त्यो त काठमाडौँ जान पनि पुग्दैन । "  उनले सितिया ऋषिदेवको नाममा रहेका  ग्लाेबल आइएमइ  बैकको  २९५०७०१००२१७७५ नम्बर खातामा रकम जम्मा गरेर सहयोग गर्न सकिने बताए उनले  ९८०१४९१२५ नम्बरमा   सितिया लाई  र ९७४२२८७०४३ मा रजकलाई फोन गरेर उनको अवस्थाको बारेमा बुझ्न सकिने बताए ।