विराटनगर । सामान्य विवादलाई लिएर विराटनगरमा दिनदहाडै एक जना व्यापारीमाथि आक्रमण भएको छ । 

 विराटनगरको मुख्य बजार ट्राफिक चोकको ग्लोबल बैंकभित्र सामान्य विवादलाई लिएर विराटनगर – १५ घर भएका ३२ वर्षीय राहुलकुमार रायमाथि आक्रमण भएको हो । 

व्यापारी रायमाथि आक्रमण गर्ने विराटनगर १२ का दिपेन्द्र कामतले खुकुरी प्रहार गरेको  मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालले जानकारी दिए । 

ट्राफिक चोकको मुख्य बजारमा उनीमाथि खुकुरी प्रहार हुँदा उनको हातमा देब्रे हातमा गहिरो चोट लागेको छ । उनको उपचार विराटनगरस्थित विराट नर्सिङ होममा भइरहेको छ । 

घाइते रायको जोगबनीमा किराना पसल छ । उनी दिउँसो विराटनगरस्थित ग्लोबल बैंकमा आएका थिए । उनीसँगै आक्रमण गर्ने कामत पनि थिए । बैंक भित्र कामतको कर्मचारीसँग विवाद गरेका थिए ।

  ‘त्यही बिचमा किन विवाद गरेको भनेर रायले कामतलाई भनेका रहेछन् । बैंक भित्र कामतले आँखा तरेर रायलाई हेरे । तलाई पख भन्दै बैंकबाट बाहिर कामत गए,’ प्रत्यक्षदर्शीले दिएको बयान उधृत गर्दै मोरङ प्रहरीका डिएसपी दाहालले भने, ‘कामत बाहिर बसेका रहेछन् । ट्राफिक चोक छेउमा पुगेपछि झोलामा बोकेको खुकुरी प्रहार गरेको देखिएको छ ।’

पक्राउ परेका कामतलाई प्रहरीले अंगभङ मुद्दामा शुक्रबार म्याद थप गरी अनुसन्धान सुरु गर्ने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दाहालले बताए । 

ट्राफिक प्रहरीले लखेटेर समाते आक्रमणकारी 

व्यापारी रायलाई आक्रमण गरेपछि राय ट्राफिक चोक हुँदै कलेज रोडतिर फरार भएका थिए । स्थानीयले मान्छे काटेर भागो भन्दै होहल्ला गरेपछि मोरङ ट्राफिकका प्रहरी जवान लोकबहादुर कार्कीले  अफिसबाट बिहार निस्किए ।

मान्छे काट्ने भागो भन्दै कलेज रोड तिर आक्रमणकारी भागेपछि उनी पनि साथीको बाइकमा चढेर पिछा गरे । हातमा चक्कु, सातो टिसर्ट र विइन स्विटर लगाएका कामत कलेज रोडस्थित होटल टिफन अगाडीको किराना पसलभित्रको घरमा छिरे ।

ट्राफिक प्रहरी कार्कीले पिछा गरे । ‘भाग्दै शौचलालभित्र छिरेपछि उनले खुकुरी र विइनस्वीटर शौचालयमा फाले । त्यही भित्रबाट समातेर बाहिर निकालेर सिआरवीको गाडीमा हालेर प्रहरी कार्यालयतिर पढाए,’ उनले भने ।