श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ५ गते शुक्रबार, १९ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ कृष्णपक्षको औंसी तिथि २१ः४१ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र भरणी ०७ः४६ बजेसम्म कृतिका,  उप्रान्त रोहिणी, चन्द्रमाराशि मेष, सूर्याेदय ०५ः१३ बजे र सूर्यास्त ०६ः४७ बजे हुनेछ ।


मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आफन्तको साथले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। 


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

स्वादिष्ट भोजन प्राप्त हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। परम्परालाई समयसापेक्ष परिवर्तन गर्न सकिनेछ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रतिष्ठा, मान–सम्मान पाइनेछ। साथ दिनेहरू बढ्नेछन्। प्रेम र मित्रताको बन्धन कसिनेछ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

हड्बड गर्ने स्वभावले काम बिग्रन सक्छ।अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। 


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

धेरै लगानीपछि कममात्र फाइदा हुनेछ। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। होसियारीसाथ काम गर्ने समय छ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। नयाँ जिम्मेवारी पाइएला। थालेको काम बन्नेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

पारिवारिक आवश्यकता पूर्ति होला। मेहनत गरे नयाँ काम फेला पर्नेछ। कृषि, पशुपालन आदिमा फाइदा हुनेछ।


धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

उठ्नुपर्ने रकम हातलागी हुनेछ। साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ। दिन सामान्य रहला ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। 


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भूमि, वाहन र पैतृक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। 


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पार्ने समय छ।