वराहक्षेत्रस्थित तोरीबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले वडा नम्बर १ स्थित चतराघाटमा खानेपानी विस्तार गर्ने भएको छ ।

खानेपानी विस्तारका लागि समितिले पाइपहरु झार्ने काम गरेको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इटहरीबाट प्राप्त पाइप बिहीबार चतराघाट ल्याइपुर्याइएको छ । नयाँ धारा जडान गर्नेहरुले समितिलाई ७ हजार रुपैयाँ बुझाउनु पर्ने समितिको निर्णय छ ।

समितिको निर्णय बिहीबार चतराघाटमा स्थानीयवासी, जनप्रतिनिधि र संचारकर्मीमाझ सार्वजनिक गरिएको छ ।

पर्यटकीय क्षेत्रको रुपमा विकास भइरहेको चतराघाटमा ४० घरपरिवारले खानेपानी पानीको समस्याको भोग्दै आएका थिए।
खानेपानी पाउने भएपछि स्थानीय हर्षित भएका छन्। पर्यटकीय स्थल भएकाले चतराघाटमा घरलौरी होटल, रेस्टुरेन्ट सन्चालित छन् ।

टोल तथा सुरक्षा समिति गठन

खानेपानी उपलब्धताका लागि वराहक्षेत्र १ स्थित चतराघाट (कोशिपुल) मा टोल तथा सुरक्षा समिति गठन गरिएको छ ।

खाने पानीको समस्या भएपछि वडा नं १ का अध्यक्ष किसन थापाको पहलमा टोल तथा सुरक्षा समिति गठन गरिएको हो ।
समितिको संयोजकमा खड्ग पौडेललाई चयन गरिएको छ ।  सचिव रमेश कार्की छन् भने सदस्यहरुमा सुमित्रा कायस्थ, सरिता श्रेष्ठ, राजकुमार कटुवाल छन् ।

तोरीबारी खाने पानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष डम्बरप्रसाद सिग्देलले शुद्ध खानेपानी उपलव्ध गराउने कार्यको लागि सुरुवात गरिएको बताए ।