भारतको केरल राज्यमा पाँच वर्षीया बालिका बलात्कार गरेको आरोपमा बुवा र मामालाई ८४ वर्षको कैद सजाय सुनाइएको छ ।
२०२१ डिसेम्बर २४ गते बालिका माथि पटकपटक बलात्कार भएको भन्दै आमाले बुवा र मामा विरुद्ध बाल कल्याण समितिमा उजुरी दिएकी थिइन् । उजुरीपछि पक्राउ परेका उनिहरुलाई केरलाको विशेष पोक्सो अदालतले दोषी ठहर गर्दै बिहीबार तीनरतीन लाख जरिवाना सहित ८४ वर्षको जेल सजाय सुनाएको भारतीय संचारमाध्यमले जनाएका छन् ।
संचारमाध्यमका अनुसार देवीकुलम पोक्सो फास्ट ट्र्याक अदालतका न्यायाधीश रविचन्द्र सीआरले दुवै दोषीलाई यौन अपराधबाट बालबालिकाको संरक्षण ऐन ९पोक्सो०, भारतीय दण्ड संहिता र बाल न्याय ऐन अन्तर्गतको कानुन अनुसार उक्त कैद तथा जरिवानाको सजाय सुनाइएको हो ।
जरिवाना रकम पीडितलाई दिन निर्देशन दिएको सरकारी वकिलले जानकारी दिए । उनका अनुसार पीडितलाई क्षतिपूर्ति दिन जिल्ला कानुन सेवा प्राधिकरणलाई पनि अदालतले निर्देशन दिएको छ ।