वराहक्षेत्र । वराहक्षेत्र नगरपालिकाको चक्रघट्टीस्थित इलाका प्रहरी कार्यालयले भारतबाट भन्सार छली ल्याउँदै गरेको बोइलर कुखुरासहित मोटरसाइकल बरामद गरेको छ । बिहीबार  राती साढे ७ बजे नगरपालिकाको वडा नम्बर  १० भुटाखालमा १५ हजार रुपैयाँ मुल्य बराबरको ३० वटा ( अन्दाजी ६० किलो ) कुखुरासहित को २८ प ८९८९ नम्बर भएको मोटरसाइकल बरामद गरिएको इलाका प्रहरी कार्यालय चक्रघट्टीका इन्स्पेक्टर राजेश दत्तले बताए ।

चेकिङ गएको प्रकाशपुर प्रहरी चौकीका इन्चार्ज गजेन्द्र श्रेष्ठको टोलीलाई देखेपछि मोटर साइकल चालक भागेको भन्दै उनको खोजी भइरहेको इन्स्पेक्टर दत्तले जानकारी दिए ।

बरामद कुखुरा  स्थानीय जनप्रतिनिधिको रोहबरमा इप्रका प्रकाशपुर कार्यालयमा नष्ट गरिएको प्रहरीले बताएको छ ।