श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ६ गते शनिबार, २० मे २०२३, पिङ्गलनाम संवत्सर, ज्येष्ठ शुक्लपक्षको प्रतिपदा तिथि २१ः४८ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र कृतिका ०८ः१८ बजेसम्म, उप्रान्त रोहिणी, चन्द्रमा राशि वृष, सूर्याेदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पारिवारिक जमघट बढ्नाले आनन्दित भइनेछ। प्रशंसकहरू बढ्ने र शुभचिन्तकहरूको साथ पाइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। बोली–व्यहारमा संयम रहनुपर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुनसक्छ। तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्न सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्थितिमा सुधार आउनुका साथै विभिन्न अवसर प्राप्त हुनेछन्। प्रतीक्षित नतिजाले हौसला बढाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ अवसरका साथै आम्दानीका स्रोत फेला पर्नेछन्। श्रमको मूल्याङ्कन हुनेछ। प्रयत्न गरे छोटो समयमै काम बन्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
नयाँ कामतर्फ अग्रसर भइनेछ। दिउँसोदेखि काम र आम्दानीमा बाधा हुनेछ भने फजुल खर्च बढ्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
गलत निर्णयले काम बिग्रने योग रहेकाले सजग रहनुहोला। पुरुषार्थी काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
दिगो काममा जग बसाउने मौका छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। भेटघाटले उत्साह जगाउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सामाजिक प्रतिष्ठा दिलाउनेछ। श्रमको उचित मूल्याङ्कन र प्रतिफल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लाभांश अरूका लागि खर्चनुपर्ने हुन सक्छ। अरूको मुख ताक्नाले काम रोकिन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ। अध्ययनमा रुचि बढ्ने छ । व्यापारबाट राम्रै लाभ हुनेछ।