धरान– लिम्बु संस्कृतिमा आधारित नेपाली चलचित्र ‘जारी’ आईतबार हङकङमा विशेष प्रदर्शन हुँदैछ । विशेष प्रदर्शनमा सहभागी हुन जारीका अभिनेतृहरु मिरुना मगर र रेखा लिम्बु शनिबार हङकङ पुगेका छन् ।
उनीहरुलाई आयोजक तथा शुभचिन्तकहरुले हङकङ एयरपोर्टमा स्वागत गरेका छन् । आईतबार साँझ ६ः३० मा हङकङको जिएच सिनेमा ह्वाम्पोमा जारी प्रदर्शन हुने भएको छ ।
तस्वीरहरु : जगत अम्बु गुरुङ