श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ ७ गते आइतबार, २१ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको द्वितीया तिथि २२ः२७ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र रोहिणी ०९ः२० बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमा राशि वृष, सूर्योदय ०५ः१२ बजे र सूर्यास्त ०६ः४८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ। सुखद् समाचारले उत्साह जगाउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नयाँ काम प्रारम्भ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ। आर्थिक फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। बौद्धिक क्षमताको तारिफ हुनेछ भने व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पहिलेको सफलताले थप हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। फजुल खर्च बढ्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय दिन नसक्दा काम रोकिनेछ। अरूको फाइदाका लागि काम गर्नुपर्ने अवस्था आउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ । आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आफन्तबाट टाढा भइनेछ। आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
लगानीतर्फ लागत बढ्नेछ। कामको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईष्र्या गर्नेहरूबाट सजग रहनुहोला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तत्काल फाइदा नभए पनि सम्भावना खोजी गर्ने समय छ। पहिलेको उपलब्धिलाई जोगाउने प्रयत्न गर्नुहोला।