धरान । सामुदायिक विद्यालय व्यवस्थापन महासङ्घको धरान उपमहानगर समिति गठन भएको छ ।
शनिबार भएको निर्वाचनबाट समितिको अध्यक्षमा हरिहर प्यारा श्रेष्ठ चयन भएका छन् भने उपाध्यक्षमा नैनकला न्यौपाने, सचिवमा सङ्गीता सुनुवार राई, कोषाध्यक्षमा विवेक राई र सह–सचिवमा महेश प्रधान चयन भएका छन् ।
त्यसैगरी सदस्यहरूमा सलबहादुर खवास, ममता राई, देउमान लिम्बू, सरस्वती रजक, भरत खत्री, चन्द्रकुमारी तामाङ, स्वर्णिम लिम्बू, मीना लावती, पदमसुन्दर लिम्बू, टङ्कबहादुर आले, केदार राई र कर्णबहादुर गुरुङ चयन भएका छन् । त्यस्तै मनोनित सदस्यमा विश्वराज खनाल चयन भएका छन् ।