देउराली । धरानमा १६ वर्ष अघि बलात्कार गरी हत्या गरेर फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
साविकको धरान ५ हाल धरान १३ मा रहको बलभद्रेश्वर धर्मशालामा २०६४ मङ्सिर २३ गते २५ वर्षीया ललिता राईको शव फेला परेको थियो । मुख तथा योनीमा रगत निस्किएको र सडेको अवस्था शव फेला परे पनि उक्त समय घटनामा संलग्न रहेकाहरूको पहिचान हुन नसकेको र किटानी जारी समेत नपरेपछि अनुसन्धान पुरा हुन नपाएको बलात्कारपछि हत्या काण्डमा संलग्न भएको भन्दै प्रहरीले १६ वर्ष पछि दुई जनालाई पक्राउ गरेका इलाका प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताएका छन् ।
उनका अनुसार पक्रा पर्नेहरूमा
शनिबार पक्राउ गरेको धनकुटाको सहिदभुमी गाउँपालिका १ धाम बस्ने ५६ वर्षीय चन्द्रबहादुर राई र ४४ वर्षीय कल्पन राई रहेका छन् । डिएसपी मल्लका अनुसार घटना पछि फरार रहेका उनीहरू घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका चन्द्रबहादुरले २०६४ मङ्सिर १९ गते मृतक ललितालाई धर्मशालाको कोठा नम्बर २१८ मा ल्याएर राखेको र चन्द्रबहादुर र कल्पनले कोठा भित्र पालै–पालो पटक–पटक जबरजस्ती करणी गरी घाटी थिची हत्या गरेको स्वीकार गरेको डिएसपी मल्लले बताएका छन् ।
पक्राउ परेका उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को कर्तव्य ज्यान सम्बन्धी कसुर अन्तर्गत सुनसरी जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ।