श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ ८ गते सोमबार, २२ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको तृतीया तिथि २३ः३७ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र मृगशिरा १०ः१२ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि  मिथुन, सूर्याेदय ०५ः११ बजे र सूर्यास्त ०६ः४९ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
सुखद् समाचारले दिन उत्साहपूर्ण रहनेछ । बोलीको भरमा चिताएको काम सम्पादन हुनेछ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य कामले राम्रो उपलब्धि दिलाउनेछ । सानो प्रयत्नले फाइदा बढ्नेछ । प्रशस्त लाभ हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
ज्ञान, कला र व्यक्तित्व निखार्ने समय छ। आकर्षक उपहारले उत्साह जगाउनेछ। विभिन्न अवसरले पछ्याउनेछन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आफन्तसँग रमाइलो भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। समयमै काम सम्पादन हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि काममा विशेष अवसर दिलाउन सक्छ।पछिका लागि खर्चको जोहो गर्नुपर्ला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। छर–छिमेकमा असमझदारी बढ्नेछ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
उधारोमा व्यापार हुनसक्छ। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।केही काम रोकिनाले रकम हातलागी नहुन सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
उद्योग र व्यापारमा पनि कम मात्र फाइदा हुनेछ। समय लागे पनि विगतका कर्मको उचित फल प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समयमा सजग नहुँदा आफ्नो श्रमबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । सञ्चित रकम खर्च हुन सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चल–अचल धनको उपयोगबाट आंशिक फाइदा उठाउन सकिनेछ। लामो दूरीको यात्रा हुनेछ।