देउराली ।  धरान उपमहानगरपालिका–५ स्थित अँधेरी खोलाको पुल ठेक्का लागेको ६ वर्ष पुग्नै लाग्दा अझै पनि निर्माण सम्पन्न हुन सकेको छैन । 

भौतिक पूर्वाधार विकास मन्त्रालयबाट २०७६ असार मसान्तमा पुल निर्माण गरिसक्ने गरी २०६४ असार २५ गते मृत सञ्जीवनी निर्माण सेवा–एचएम विल्डर्स प्रालि जेभीले ठेक्का सम्झौता गरेको थियो । 

निर्माण सम्पन्न गरिसक्ने समय भन्दा दोब्बर समय म्याद थप गरे पनि ठेकेदार कम्पनीले पुल निर्माण सम्पन्न गर्न सकेको छैन  । 

सम्झौता गरेसँगै पुल निर्माण गर्न फिल्डमा पुगेको एचएम विल्डर्सले निर्माण सुरू गरे देखी नै काममा सुस्ता र चरम लापरबाही गरिरहँदा पनि भौतिक पूर्वाधार विकास मन्त्रालयले पटक–पटक म्याद थप गरिदिएको थियो । 

दुई वर्षमा निर्माण सम्पन्न गर्ने भनिएको उक्त पुल निर्माणका लागि ४ पटक म्याद थप गरी ६ वर्ष लमाउँदा पनि अझै निर्माण सम्पन्न हुन नसकेकोपछि स्थानीयहरू पुल निर्माण सम्पन्न हुनेमा विश्वस्त हुन सकेका छैनन् । 

 पूर्वाधार समेत नभएको इनरूवाका ठेकेदार हसबुल मियाँले कामदार, निर्माण सामग्री अभाव र पैसा अभाव भन्दै  पटक– पटक फिल्ड छोडदै हिडेका थिए ।  मियाले कोरोनाको कारण देखोउदै काम सम्पन्न नभएका योजनामा सरकारले म्याद गरेसंग अन्तमि पटक चैत मसान्तसम्मको समय पाउँदा पनि निर्माण सम्पन्न गर्न नसकेका हुन् । 

म्याद थप भए पनि फागुनको अन्तिम साता फिल्डमा फर्केका ठेकेदार चैत लागेसँगै फिलल्ड छोडेर हिडेको स्थानीय रिया श्रेष्ठ बत्ताउँछिन् । उनी भन्छिन् ‘ अनुगमनमा आउने दिन दुई जना मान्न्छे ल्याएर काम गरे जस्तो गर्छ । अहिले काम छोडेको त धेरै भइसक्यो । घर अगाडी धुलो र हिलोले हैरान बनाएको छ । '

स्थानीय जसबहादुर लिम्बू भन्छन्  ‘ पुल निर्माण सुरू भएसँगै घर अगाडिको ढल पुरिएको छ । वर्ष सुरू भएसँगै ढल घर भित्र पस्छ ।  वर्षै पिच्चे ढल सोर्न दसैँ हजार खर्च गर्नु परेको छ ।'   ठेक्का सम्झौता भएको छ वर्ष पुग्न १ महिना बाँकी रहँदा  चौथो पटक म्याद थप भएको मिति पनि सक्किसकेको छ । तर , ग्याबिन जाली  पुलको स्लापको पिच, एप्रोच रोड, रेलिङ र फुटपाथको काम अझै बाँकी छ । स्लापको बिम लक गर्ने पिल्लरको दायाँ–बायाँ हुने ढलाई पनि अधुरै रहेको छ ।  

पुल निमार्ण हेर्दै गरेका पुल आयोजना सेक्टर वानका इन्जिनियर अजय साहका अनुसार निर्माण सम्पन्न हुन अझै १६ प्रतिशत काम बाँकी रहेका छ । म्याद थप गरिएको समयमा निश्चित समयमा निश्चित काम सम्पन्न गर्नु पर्ने भन्दै माइलेस्टोन दिइएको  भए पनि ठेकेदार मियाले  उक्त  कार्य पुरा नगरेको  साहले बताए । ठेकेदार कम्पनीलाई ठेक्का सम्झौता रकमको ०.०२ प्रतिशत दैनिक जरिवाना तिर्ने गरी काम ६ महिनासम्म काम गर्न सक्ने  साहले बताए । 

उनले भने 'हामीले माइलेस्तोन पुरा नगरेको कारबाही गरेका छौ । अब काम गर्न चाहे ०.०२ प्रतिशत भनेको ११ हजार करिब दैनिक जरिवाना तिर्नु पर्छ यो समय ६ महिनासम्म हुन्छ त्यसपछि पनि काम नगरे ठेक्का रद्द हुन्छ र बाँकी कामको लागी नयाँ ठेक्का प्रक्रियामा जान्छ । '

अर्ध निर्मित पुलबाट सवारी आवतजावत हुन थालेपछि बाकी कामको गुणस्तरमा प्रभाव पर्न सक्ने स्थानीयको शङ्कामा साहले स्लाप पिच कङ्क्रिटको नभई अलकत्र प्रयोग हुने भएकाले समस्या नहुने बताए । उनले स्लाप जोइन्टमा ६ महिनासम्म समस्या नहुने बताए । 

पुल सेक्टर वानका योजना  प्रमुख ईन्जिनिय प्रदीप भण्डारी मियाले पुस यता अन्तिम चरणमा म्याद थप हुदाकाे समयदेखी जरिवाना तिर्नु पर्ने बताए । उनले पछिल्लाे समय ठेकेदार मियाले बिल पेस गरेकाे भएपनि विल रकम भन्दा बढी जरिवाना देखिएकाेले विल रकम बापतकाे भुक्तानि समेत राेकिएकाे बताए   ।