नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी पार्टी धरानले स्थानीय मुद्दामा केन्द्रित रहेर २५ बुँदामा धरान निर्माणका आधारहरु प्रस्तुत गरेको छ । 

सोमबार धरानका नगर प्रमुख हर्कराज राईलाई ध्यानाकर्षणपत्र बुझाउन नगरपालिका पुगेको नेकपा एसले नगर प्रमुखसँग समय मिलाउन नसक्दा उपप्रमुख अइन्द्रविक्रम बेघा र प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईलाई ध्यानाकर्षणपत्र हस्तान्तरण गरेको छ । 

सोही ध्यानाकर्षणपत्रलाई प्रेस विज्ञप्ति बनाई सोमबारै पत्रकार सम्मेलन गर्दै २५ बुँदा सार्वजनिक गरेको छ । नेकपा एसका २५ बुँदामा धराने कालो बंगुर र लोकल रक्सीलाई प्रवद्र्धन गर्ने कार्यक्रमदेखि धरानका गुमेका स्थानीय निकायलाई पुनस्थापित गराउने सम्मका मुद्दा छन् । 

धरानका समग्र विषय र आवश्यक्तालाई नेकपा एसले  २५ बुँदामा उल्लेख गरेको छ । 

Cpn unified socialist dharan