देउराली ।  सरकारी कागजात किर्ते  गरी फरार भएका धरान १३ का एक युवक पक्राउ परेका छन् । 

सुनसरी जिल्ला अदालतले  सरकारी कागज छाप दस्तखत किर्ते मुद्दामा ४ वर्ष अघि कैद सजाय फैसला गरेका धरान १३ का विशाल तामाङ पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ  । कार्यालयका अनुसार उनलाई जिल्ला अदालत सुनसरीले  ११ महिना १२ दिन कैद सजाय फैसला सुनाएको थियो । 

कैद सजाय बेरुजु रही फरार रहेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको अरटिआइ समूहबाट खटिएको प्रहरीले  गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेका कार्यालयले जनाएको छ । 

पक्राउ गरेका तामाङलाई कैद भुक्तानको लागी  झुम्का कारागार  पठाइएको कार्यालयले जनाएका छ ।

त्यस्तै,  अरटिआइ समूहबाट खटिएको प्रहरीले चोरी मुद्दामा मोरङ जिल्ला अदालतको ४ वर्ष १ महिना ४ दिन कैद सजाय सुनाएका  दमक नगरपालिका ८ का ३७ वर्षीय गोविन्द राउतलाई पनि पक्राउ गरेको छ । 

२०७० साल  पुस ११ गते अदालतले सजाय सुनाएको भए पनि फरार राउतलाई ९ वर्षपछि  प्रहरीले पक्राउ गरी  कैद भुक्तानको लागी  जिल्ला कारागार मोरङ  पठाइएको कार्यालयले जनाएको छ ।