श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल जेठ ९ गते मङ्गलबार, २३ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको चतुर्थी तिथि भोलि ०१ः१६ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र आद्र्रा १२ः५४ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमा राशि मिथुन, सूर्योदय ०५ः११ बजे र सूर्यास्त ०६ः५० बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अध्ययनशील प्रवृत्तिले फाइदा दिलाउनेछ। बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्ति कलामा निखारता आउनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
काममा साथ दिनेहरू बढ्नेछन्। नयाँ कामको प्रस्ताव आउनेछ। दिगो काममा सम्झौता गर्ने समय छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। रमाइलो यात्रा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्न सक्छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लक्ष्यअनुसार समयमै काम सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ।बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउला।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तबाटै टाढिनुपर्ने हुनसक्छ। आफ्नो कामको फल अरूले हत्याउने चेष्टा गर्नेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यवसायमा लगानी थप्नुपर्ने हुनसक्छ। खर्चिलो काम थाल्नाले धेरै रकम जुटाउनु पर्ला। यात्राको प्रक्रिया अघि बढ्नेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नु पर्ला।व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मनग्य नाफा कमाउन सकिनेछ । सञ्चित धनको उपयोग गर्दा फाइदा हुनेछ । मन प्रसन्न रहला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उठ्नुपर्ने रकम तत्काल हातलागी हुनेछ । सहयोगीहरूको साथले चिताएका काम सम्पादन हुनेछन् ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतीक्षित नतिजाले जीवनशैलीमा परिवर्तन आउनेछ। वैदेशिक यात्राको योग रहेको छ।