धरान । झापाको शिवगञ्ज बजारमा पसल फुटाएर चोरी गरेको आरोपमा झापा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शिवसताक्षी नगरपालिका–५ का ५६ वर्षीय छविलाल खवास चौधरीलाई पक्राउ गरिएको हो । उनले शिवगञ्ज बजारमा आधा दर्जनभन्दा बढी पसल चोरी गरेको आरोप पक्राउ गरिएको छ ।

पसलहरू एकपछि अर्को चोरी हुन थालेपछि प्रहरीले निगरानी बढाएको थियो । प्रहरीले उनलाई मङ्गलबार चोरीका सामानसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।

उनका अनुसार उनको घरमा खोजतलास गर्दा दराजमा लुकाईछिपाई राखेको अवस्थामा चोरीका विभिन्न सामग्री बरामद गरिएको छ । उनलाई इलाका प्रहरी कार्यालय शिवगञ्जमा राखी अनुसन्धान अगाडि बढाइएको छ ।