श्री शालवाहनीय शाके १९४३ ने. सं. ११४३ वि.सं. २०८० साल जेठ ११ गते बिहीबार, २५ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको षष्ठी तिथि भोलि  ०५ः३६ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र पुष्य १८ः०८ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमा राशि  कर्कट, सूर्योदय ०५ः१० बजे र सूर्यास्त ०६ः५१ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आफन्त वा परिवारजनलाई धेरै समय दिनुपर्ने हुनसक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हल्लाको भरमा अरूको विश्वास गर्दा धोका हुनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
तत्काल फाइदा नहुने काममा समय बित्नेछ। दोहो¥याएर प्रयत्न गरे रोकिएको काम सम्पादन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
हिम्मत गरे काम बन्नेछ । जीवनशैलीमा परिवर्तन आउन सक्छ। छोटो समयमै उपलब्धि हातलागी हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारबाट फाइदा हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
मान–सम्मान पाइने समय छ । बोलीको भरमा चिताएको काम बन्नेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगीहरूले काममा साथ दिनेछन् । विगतको श्रमबाट प्रशस्त धनलाभ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पठन–पाठनमा प्रगति हुनेछ। विशेष समारोहमा सहभागी बन्ने मौका मिल्न सक्छ। नाम र दाम कमाउने बेला छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सहयोगीहरूले राम्रो साथ दिँदै काम गर्ने हौसला प्रदान गर्नेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ।सामाजिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ ।