नक्कली भुटानी शरणार्थी प्रकरणमा आरोपितहरुलाई अनुसन्धानको दायरामा ल्याउन धरानमा दबावमूलक प्रदर्शन गरिएको छ ।
नेपाली काङ्ग्रेस धरान १३ नम्बर वडा समितिले बिहीबार धरानस्थित जिरोपोइन्टमा दवाबमूलक प्रदर्शन गरेको हो ।
प्लेकार्डसहितको प्रदर्शनमा 'भ्रष्टाचारी सबै देशका धुन्दुकारी हुन् ।' शरणार्थी प्रकरणका आरोपित सबैलाई अनुसन्धानको दायरामा ले, लगायतका नारा लगाइएको थियो ।
प्रदर्शनमा नेवी सङ्घका पूर्व सहमहामन्त्री सचित शर्माले नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका सबै राजनीतिक दल र तहका नेतालाई अनुसन्धानको दायरामा ल्याउनुपर्ने बताए ।
'आरोपितहरुलाई राजनीतिक संरक्षण हुनु हुँदैन, शर्माले भने, 'विश्वप्रकाश र गगनको पार्टी शुद्धीकरण अभियानमा पनि पूर्ण समर्थन छ ।'
प्रदर्शनमा धरान नेपाली काङ्ग्रेस १३ का सभापति डम्बर तामाङ, क्षेत्रीय सचिव महेन्द्र प्रधान, क्षेत्रीय सदस्य आशिष कटुवाल, सदस्य चन्द्र ढकाल, शिशिर भण्डारी, सूर्यबहादुर तामाङ, सुमन श्रेष्ठ, तिलक राई, दिपेश राईलगायतको उपस्थिति रहेको क्षेत्रीय प्रतिनिधि हेमचन्द्र ढकालले जानकारी दिए ।