भद्रपुर । भद्रपुर नगरपालिकाले नगरमा रहेका ३ वटा स्वास्थ्य चौकीमा मेडिकल अधिकृत सहितको स्वास्थ्य सेवा सुरु गरेको छ ।
बिहीबार नगरको वडा नं। १ सोमबारेमा रहेको स्वास्थ्य चौकीमा नगर प्रमुख गणेश पोखरेलले प्रेसर नाप्ने यन्त्र डा। नविन उराँउलाई हस्तान्तरण गरेर सेवाको उद्घाटन गरेका थिए । भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवा दिने पारित गरेको थियो ।
पृथीवीनगर स्वास्थ्य चौकीसहित चन्द्रगढी र महेशपुर स्वास्थ्य चौकीमा हप्ताको दुई दिन सेवा दिने गरी सेवा सुरु गरिएको छ । कोभिड प्रकोपको समयमा मेची प्रादेशिक अस्पतालमा कार्यरत डा। उराँउलाई प्रकोप साम्य भएपछि नगरले २०७८ सालदेखि नियुक्ति गरेको थियो ।
नगर भित्र रहेको एक मात्र मेची प्रादेशिक अस्पताल रहेकोले सर्वसाधारणलाई स्वास्थ्य लाभ लिन अत्यन्तै कष्टकर भएका कारण सेवा सुचारु गरिएको नगर प्रमुख पोखरेलले बताए । ‘यो सेवा हामीले पारित गरेपछि तुरुन्तै सुरु गर्ने भनिएकोमा प्रतिनिधिसभाको निर्वाचनका कारण ठिलो भएको हो । ’ ‘यो सेवालाई निरन्तरता दिँदै आगामी दिनमा हरेक वडामा यो सेवा सुरु गरिने लक्ष राखेका छौँ उनले भने ।’ ‘स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन दिनरात लागिपरेका छौँ । हामीले अहिलेसम्म विपन्न सन्थाल समुदायका ६३४ जनालाई निःशुल्क स्वास्थ्य बिमा गरेका छौ भने नगरभित्र रहेका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराएका छौ’ ।
स्वास्थ्य मात्र नभई अब तुरुन्तै पशु सेवा केन्द्र र कृषि सेवा पनि दिने उनले बताए । कार्यक्रमले नगरका १, २ र ३ नम्बर वडाका जनता प्रत्यक्ष लाभान्वित हुने पूर्ण आशा लिएको उनले जनाए ।
कार्यक्रम कार्यपालिका सदस्य सिता कुमारी गुरुङ र वडा नं।२ का वडाध्यक्ष राम बहादुर कँडेलले मन्तव्य राखेका थिए । नगर स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।
१ नं। वडाध्यक्ष रामप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नगर स्वास्थ्य शाखाका मनोज भट्टराईले गरेका थिए ।