भद्रपुर । मिटरब्याज पीडितहरुले झापामा ९७ वटा उजुरी दर्ता गराएका छन् ।
जिल्ला प्रशासन झापाले बैशाख १७ गते मिटरब्याज पीडितहरुलाई उजुरी दिन आह्वान गरेपछि झापामा ९७ वटा उजुरी परेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
गृह मन्त्रालयले देशभरिका जिल्लामा परिपत्र गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले पनि मिटरब्याज पीडितहरूको उजुरी लिन बैशाख १७ गते १५ दिने म्याद राखेर सूचना प्रबाह गरेको र जेठ ७ गते फेरि सात दिनका निम्ति म्याद थप गरेको सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपानेले बताए ।
गृह मन्त्रालयबाट गत साउन २८ गते सूचना जारी भएपछि झापामा पनि उजुरी लिइएको थियो ।
त्यस बेला जिल्ला प्रशासन कार्यालय भद्रपुर र इलाका प्रशासन कार्यालय दमकमा २४ वटा उजुरी परेका थिए । तीमध्ये केही उजुरीमाथि छलफल गराइएको न्यौपानेले बताए ।
उनले २४ वटा मध्ये ११ वटा मुद्दाको काम सम्पन्न भइसकेको जानकारी दिए ।
प्रशासनले कारबाही गर्ने अधिकारी नभएकोले कारबाहीका लागि पीडितहरू अदालत जानुपर्ने उनले बताए ।
केही उजुरीमाथि दुवै पक्षबीच छलफल गराएको उनले जानकारी दिए । उजुरी दिएर केही पीडितहरू सम्पर्क मै नआएको उनले बताए ।
झापामा पनि मिटरब्याजको अपराधबाट धेरै जना पीडित भएको बताइएको छ ।
केही निवेदनहरुमा पीडित भए भन्दै आउनेहरु कै कमजोरीसम्म रहेको उनले बताए । केही निवेदन बैङ्कको ऋण नतिरेर बैंक बन्द गराउन परो भन्दै पनि आएको उनले बताए ।
झापामा विशेष गरी शहरी क्षेत्रमा मिटरब्याजको प्रभाव धेरै देखिएको बताउँदै गाउँहरुमा पनि यसको प्रभाव पर्न थालेको बताए ।
गत साउनमा पनि जिल्ला प्रशासन कार्यालय झापाले आह्वान गर्दा झापाका २४ जना मिटरब्याज पीडितहरूले उजुरी दिएका थिए ।
तर, ति निवेदनमध्ये ११ वटा निवेदनको मुद्दा सुल्झि सकेको र नयाँ मुद्दामा पनि चार वटा मुद्दा सुल्झिएको न्यौपानेले जानकारी दिए ।