श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ १४ गते आइतबार, २८ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको अष्टमी तिथि १०ः०९ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वफाल्गुनी भोलि ०२ः२९ बजेसम्म, उप्रान्त उत्तरफाल्गुनी, चन्द्रमा राशि सिंह, सूर्योदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५२ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्यगत कमजोरीले काममा विलम्ब हुनसक्छ। अवसरले पछ्याए पनि फाइदा उठाउन चुनौतीहरूसँग जुध्नु पर्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रगतिमा ईष्र्या गर्नेहरूले दुःख दिनेछन्। तापनि बुद्धिको उपयोगले लक्ष्यनजिक पुग्न सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययनमा गुरुजनको मार्गदर्शन अवलम्बन गर्दा फाइदा हुनेछ।अवसरलाई पछ्याउन नसक्दा व्यवहारमा पछि परिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बेसुरमा बोल्ने बानीले गोपनीयता भङ्ग हुनसक्छ। विशेष योजना सार्वजनिक नगर्नुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
साझेदारीमा समस्या आउनाले पहिलेको सम्झौता भङ्ग हुन सक्छ। ईष्र्या गर्नेहरूले पनि अवरोध पु¥याउनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ योजना प्रारम्भ गर्न उपयुक्त साइत पर्खनुहोला । दाजुभाइमा असमझदारी बढ्न सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
जिम्मेवारी थपिए पनि सहयोगीहरू पछि हट्नाले दुःख पाइनेछ । ईष्र्या गर्नेहरूले दुःख दिनेछन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो लाभांशमाथि अरूले दाबी गर्न सक्छन्। प्रतिस्पर्धीलाई कमजोर नठान्नुहोला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभचिन्तकहरूले साथ दिनेछन् । कर्मयोगबाट मनग्य आम्दानी भिœयाउने अवसर प्राप्त हुनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। कला र अभिव्यक्तिले धेरैको मन जित्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्। सानो प्रयत्नले जीवनशैलीमा परिवर्तन आउनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।