कोशी नामाकरण खारेजीको माग राख्दै पहिचानवादीहरु बाहिर सडकमा आन्दोलनमा होमिएर नाराबाजी गर्दा कोशी प्रदेशसभा बैठक चलिरहेको छ । 

पहिचानवादीको आन्दोलनमा झडप हुँदा आधा दर्जन बढी प्रहरी र आन्दोलनकारी घाइते भएका छन् । प्रदेशसभाको बैठकमा भने सांसदहरुले शून्य समय लिएर बोल्दै आन्दोलनकारीसँग छलफल गर्न तत्काल वार्ता समिति बताउन माग गरेका छन् ।

प्रदेशसभामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का सांसद कमलप्रसाद जबेगुले आफूहरु जेलमा बसेजस्तो भएको भन्दै समस्याको समाधान गर्न सरकारसँग माग गरे । 

pradesh namakaran biruddha aandolan blastkhabar

‘बहुमतको आडमा अल्पमतको कदर गर्न बिर्सियौं, त्यसैले बहुमतले काम अगाडि बढाइरहँदा मानिसले बोल्न पनि नपाउने, हक अधिकारको कुरा गर्न पनि नपाउने र प्रहरीले दमन गर्ने र हामी जेलभित्र बसेजस्तो गर्नुपर्ने अवस्था आयो, यो प्रदेशलाई शान्तिसुरक्षा कायम गर्नका लागि चाँडोभन्दा चाँडो वार्ता मार्फत समाधान गर्नका लागि वार्ता समिति बनाऔं,’ उनले भने, ‘यो कौरव र पाण्डवको लडाइँजस्तो अवस्था सिर्जना हुनसक्छ । प्रदेशमा शान्ति सुरक्षा कायम गरेर सुरक्षित ढंगले हिंड्ने वातावरण सिर्जना गर्न पनि वार्ता समिति बनाऔं ।’

pradesh namakaran biruddha aandolan blastkhabar3

प्रदेशसभा बैठकको शून्य समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गरेर वार्ता नगरिए स्थिति भयावह हुनेतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रदर्शनकारीले विराटनगरस्थित देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान क्रममा दोहोरो झडप सुरु भएको छ । प्रदर्शनकारी भाटा, ढुंगालगायतका घरेलु हातहतियार लिई आक्रमणमा उत्रिएका छन् । 

pradesh namakaran biruddha aandolan blastkhabar31

उनीहरुले निषेधित क्षेत्र तोडेपछि प्रहरीले पानीको फोहोरा, हवाई फायर, अश्रुग्यासका साथै लाठीचार्जसमेत गरेको छ ।

pradesh namakaran biruddha aandolan blastkhabar4