श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ १५ गते सोमबार, २९ मे  २०२३, पिङ्गलनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको नवमी तिथि १२ः००बजेसम्म, उप्रान्त दशमी, नक्षत्र उत्तरफाल्गुनी भोलि ०४ः३८ बजेसम्म, उप्रान्त  हस्ता, चन्द्रमा राशि सिंह, सूर्याेदय ०५ः०९ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आकर्षक उपहारले उत्साह जगाउनेछ । पहिलेको सफलताले हौसला प्रदान गर्नेछ । आफन्तसँग पनि भेटघाट हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। अर्थ अभावले सताउने हुँदा होसियारीसाथ काममा जुट्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफ्नाबाटै टाढिनुपर्ने परिस्थिति आउन सक्छ। बेहोसीले नोक्सान पु¥याउन सक्छ। सजग रहनुहोला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ। आज लक्ष्मीको कृपा प्राप्त हुनाले मनग्य धनलाभ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापारमा लाभांश बढ्नाले मन उत्साहित हुनेछ । आवश्यक भौतिक साधन जुट्नेछन् ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ।  
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि बेसुरमा काम गर्ने बानीले चुनौती निम्त्याउन सक्छ। मिहिनेत गरे काम प्रारम्भ हुनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीबाट गोपनीयता बाहिरिन सक्छ। मिहिनेतले व्यावसायिक चुनौती पन्छाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
तत्काल लक्ष्य प्राप्त नभए पनि दीर्घकालीन योजना बन्नेछ। स्वार्थका लागि नजिकिनेहरूबाट सजग रहनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
सम्भावना देखिए पनि ठूलो उपलब्धि प्राप्त नहुन सक्छ। अरूका लागि बुद्धि खर्चनु पर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
चिताएको काम रोकिनाले दोहो¥याएर प्रयत्न गर्नुपर्ने हुन सक्छ। आफ्नो वस्तुमा अरूले दाबी गर्न सक्छन्।