२८ मे सन् १९५३ को कुरा हो । पर्वतारोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले सगरमाथाको आरोहण सुरु गरे । दिनभरको आरोहणपछि २७ हजार ९ सय फिटको उचाइमा पुगे । यो क्रममा तीव्र हिमाली चिसो हावा चलेको थियो । चिसो माइनस ३५ डिग्री थियो ।
यस्तो लाग्थ्यो, शरीरको अंग गलेर चुँडिन लागेको छ । यसै रात तेन्जिङको जुत्ता खुट्टाबाट निस्किएको थियो । बिहान सबेरै उनी उठे मौसम त सफा थियो । तर उनको खुट्टा हिउँमा जमिरहेको थियो ।
अब अगाडि बढ्नका लागि उनलाई निकै कठिनाइ भएको थियो । हिलारी र तेन्जिङ दुबैले बिहान साडे ६ बजेदेखि आरोहण सुरु गरे । २९ मे सन् १९५३ मा बिहान ११ः३० बजे उनीहरु विश्वको सबैभन्दा अग्लो शिखर सगरमाथामा पाइला टेक्न सफल भए ।
सोही सन्दर्भमा आज भारतीय सञ्चार माध्यम भाष्करले यो ऐतिहासिक क्षण सगरमाथा आरोहणको प्रयासलाई महत्व दिएर लेखेको छ ।
सन् १८५२ मा जर्ज एभेरेस्टले उचाइ नापे र यसलाई माउन्ट एभेरेस्टको नाम दिइयो ।
सगरमाथा एसियाको उच्च हिमालय शृङ्खलाको शिखरमा पर्दछ । यसको वातावरण अत्यधिक चिसो छ । यसको तापमान झण्डै माइनस ३७ डिग्रीसम्म पुग्ने गरेको छ । र यो मौसम समेत परिवर्तनशील छ । नेपालको भूभागमा रहेको सगरमाथाको उचाइ सबैभन्दा पहिले अंग्रेजले सन् १८५२ मा मापन गरेका थिए । सन् १८५२ मा अंग्रेजले हिमालयको एउटा सर्वेक्षण गरेको थियो । यसलाई ग्रेट ट्रिगोनोमेट्रिकल सर्भे अफ इंडिया भनिएको थियो । यो सर्भेक्षण टिमले सगरमाथाको उचाइ २९ हजार २ फिट रहेको बताएका थिए ।
यो ट्रिगोनोमेट्रिकल सर्भे टिमका पुराना नेतृत्व थिए जर्ज एभेरेस्ट । यिनैको नाममा सगरमाथाको नाम एभेरेस्ट राखिएको थियो । पछि तेन्जिङले सगरमाथा आरोहण गरेपछि यसको नाम माउन्ट तेन्जिङ बनाउन रस्साकस्सी भयो तर नाम भने परिवर्तन हुन सकेन ।
१९२१ मा पहिलो पटक सगरमाथा विजयी गर्ने प्रयास भएको थियो
(आरोही जोन नोएल सन् १९२४ मा आफ्नो क्यामेराका साथ झण्डै २३००० फिटको उचाइमा )
तेन्जिङ र हिलारीले सगरमाथा विजयी गर्नुअघि १३ देशका १२ सयभन्दा बढी आरोहीले सगरमाथा चढ्ने प्रयास गरेका थिए । तर छेउछाउका शृङ्खलासम्म मात्र पुग्न सकेका थिए । सगरमाथा चढ्ने पहिलो प्रयास तथ्यांकअनुसार सन् १९२१ म गरिएको थियो ।
अंग्रेजको एउटा समूहले झण्डै ४ सय माइलको यात्रा गर्दै सगरमाथा नजिक बेस क्याम्प बनाएका थिए । त्यहाँ अत्यन्तै तीव्र बतास चलेको थियो र उनीहरुलाई आरोहण रद्द गर्नुपरेको थियो । यद्यपि पहिलो पटक आरोहणमा निस्किएका जर्ज मेलोरीलाई सगरमाथा चढ्ने सजिलो मार्ग भन्ने पत्तो लागेको थियो ।
सन् १९२४ मा एडवर्ड नामका एक आरोही अक्सिजनबिना नै २८ हजार १ सय २८ फिटसम्म चढ्न सकेका थिए । तर १ हजार मिटर अगाडि नै उनी फर्किन बाध्य भएका थिए । एडवर्ड फर्किएको चार दिनपछि मेलोरी आफ्नो एक सहयोगीका साथ आरोहण गरेका थिए तर उनी हराउन पुगेका थिए ।
सन् १९९९ मा मेलोरीको शव सगरमाथामा भेटिएको थियो । लडेका कारण उनको हड्डी भाँचिएको अवस्था थियो । उनीसँगै जाने उनका साथीको आजसम्म खोजखबर छैन ।
शेर्पाको सहयोगबिना सगरमाथा चढ्न असम्भव
यो आरोहणमा आरोहीलाई शेर्पाले सहयोग गर्ने गर्छन् । उनीहरुले सगरमाथा टे«किङमा अझै पनि आरोहीलाई सहयोग गर्दै आएका छन् ।
सन् १९४९ अघि तिब्बततर्फबाट मात्रै सगरमाथा आरोहणका लागि जानुपथ्र्यो । यो क्षेत्र शेर्पाहरुको थियो । दोस्रो विश्वयुद्धपछि विश्वभरबाट आरोहीहरु सगरमाथा विजय गर्न स्पर्धामा उत्रिए ।
सन् १९४९ मा नेपालले विदेशीहरुका लागि आरोहणको व्यवस्था मिलायो । सन् १९५०–५१ म बेलायतले सरकारीस्तरबाट नयाँ मार्ग खोज्ने अभियान चलायो, र नयाँ बाटो खोजी गर्यो । सन् १९५२ मा खुम्बु आइसफलको पत्तो लाग्यो ।
यो अभियानअन्तर्गत खुम्बु आइसफलबाट रेमन्ड लेबर्ट नामका एक व्यक्तिसँग तेन्जिङ शेर्पा पहिलो पटक सगरमाथा चढे । उनीहरु २८ हजार २ सय १० फिटसम्म पुगे । तर अक्सिजनको कमिका कारण उनीहरुलाई फर्कनु पर्यो । तेन्जिङलाई सात विभिन्न अभियानका साथ सगरमाथा चढ्ने अवसर प्राप्त भयो । र, उनी सातौं पटक सगरमाथा विजय गर्न सफल भए ।
वास्तवमा त्यतिबेला प्रविधि यति विकसित थिएन । र गह्रौं अक्सिजन सिलिन्डर बोकेर चढ्नु पथ्र्यो ।
(खुम्बु ग्लेसियरमा लगाइएको बेस क्याम्प । यो क्याम्पको पछाडि लिङट्रेनको चुचुरो छ, जुन हिमपातका कारण पूरै ढाकिएको छ ।)
तेन्जिङ हिमालको काखमा हुर्केका हुन् । उनको बालापन पनि चौंरीका जेर हेर्दै बित्यो । पहाडमा १८ हजार फिटसम्म उनी चौंरी चराउँथे । सगरमाथालाई त्यतिबेला चोमोलुङ्मा भनिन्थ्यो । मान्यताअनुसार चोमोलुङ्मालाई नौ दिशातर्फबाट मात्र देख्न सकिन्थ्यो । दशौं दिशाबाट हेर्ने प्रयास गर्ने पन्छी पनि यदि माथि उड्न खोज्यो भने त्यो अन्धो हुन्छ भन्ने भनाइ थियो ।
चौंरीसँग एक्लै बालापन बिताएका तेन्जिङलाई यो भनाइले झक्झकाइ रहन्थ्यो । उनी मनमनै सगरमाथा चढ्ने सपना देख्थे । तेन्जिङलाई पहिलो पटक सन् १९५३ मा अंग्रेजले आरोहणको अवसर दिए । त्यतिबेला उनको उमेर मात्र २१ वर्षको थियो । उनको काम ट्रेकिङमा आएका मान्छेका भारी तल्लो क्याम्पदेखि माथिल्लो क्याम्पसम्म लानु थियो । उचाइमा सामान बोकेर चढ्नुपर्ने यो उनको पहिलो अनुभव थियो ।
यसपछि तेन्जिङ कयौं समूहका साथ आरोहणमा निस्किए । दश वर्षभित्र झण्डै पाँच पटक भिन्न समूहका साथ उनी सगरमाथा चढे । उनलाई डोरी र गैंती चलाउन आइसकेको थियो । तेन्जिङलाई सबैभन्दा सहज र उपकरणको प्रयोग गर्ने तरिका थाहा भइसकेको थियो ।
सगरमाथा विजय प्राप्त
तेन्जिङ र एडमन्ड हिलारीको जोडीले १० मार्चदेखि आरोहण सुरु गरेका थिए । सन् १९५३ मा तेन्जिङलाई आफ्नो बालापनको सपना पूरा गर्ने अवसर प्राप्त भयो । उनलाई एउटा बेलायती आरोहीसँग जोडिने अवसर प्राप्त भयो । यो टिमको लिडर कर्नल हन्ट थिए । यो दलमा केही अंग्रेज र दुई न्युजिल्याण्डका आरोही थिए । जसमध्ये एक एडमन्ड हिलारी पनि थिए ।
कर्नेल हन्टले आफ्नो सबै तयारी पूरा गरी दुई महिना अघिदेखि अभ्यास गर्न थाले । उनी बिहान उठेर ढुंगाको भारी बोकी पहाडमा चढ्ने र ओर्लने गर्न थाले । अभ्यासपछि १० मार्च सन् १९५३ मा यो दल नेपाल हुँदै दुई समूहमा दुई वटा बाटो भएर आरोहण गर्ने निष्कर्षमा पुग्यो ।
(बेसक्याम्पमा हिलारीका साथ तेन्जिङ )
पहिलो टिममा १५० शेर्पा सहयोगी र दोस्रो टिम ११ मार्चमा २०० शेर्पाका साथ आरोहणका लागि निस्कने छ । सगरमाथाको पहिलो बेसक्याम्पसम्म ३५० भन्दा बढी व्यक्तिको समूह पुग्यो । जसमा आरोही हिलारी र टिम लिडर कर्नेल हन्ट पनि थिए ।
उनले तीन पटकमा दुईदुई जना आराही जाने योजना बनाएका थिए । फेरि पनि सगरमाथा आरोहण गर्न नसके बेसक्याम्प आइसफल पार्टीमा फर्किने र पुनः तयारी गर्ने योजना बनाए ।
यो दल १२ अप्रिल सन् १९५३ मा बेसक्याम्प आइसफल पार्टी पुगे । यसको उचाइ १७ हजार ९ सय फिट अर्थात् ५ हजार ४ सय ५५ मिटर मा थियो । शेर्पाहरुले यहाँ पुर्याएको भारीको तौल १ टन रहेको बताइन्छ ।
यहाँ पुगेपछि टिम बिस्तारै अघि बढ्ने छ र क्याम्प लगाउने छ, रोकिंदै रोकिंदै अगाडि बढ्ने छ भन्ने निश्चित भयो । पहिलो क्याम्पबाट निस्किएपछि तीन दिनपछि दुई टिमसँगै अघि बढ्नेछ । पहिलो टिम थ्यो, टोम बोर्डिलङ र चाल्र्स इवान्सको र दोस्रो समूह थ्यो, हिलारी र तेन्जिङ नोर्गे शेर्पाको ।
सातौं क्याम्प लगाउन एक महिना लाग्यो
हिलारी र तेन्जिङले साउठ क्याम्पबाट आरोहण सुरु गरे । र, १५ अप्रिलमा १९ हजार ४ सय फिट (५९०० मिटर) पुगेर दोस्रो क्याम्प लगाए । उनीहरुले बिस्तारै बिस्तारै उत्तरतर्फ क्याम्प बनाउँदै लगे । फर्किने अवस्था आए धेरै तल आउन नपरोस् ।
मौसम र हिमपहिरोको कारण उनीहरुलाई सातौं क्याम्प लगाउन एक महिना समय लाग्यो । १७ मे मा समूहका दुई आरोहीले २४ हजार फिट (७ हजार ३ सय मिटर) मा सातौं क्याम्प लगाए । र पुनः २१ म्ेमा तेन्जिङको समूहले २६ हजार फिटमा आठौं र अन्तिम क्याम्प लगाए ।
टिम लिडर हन्टले टम बर्डिलन र चाल्र्स इवान्सको समूहलाई पहिलो आरोहणका लागि चुने । २६ मे को बिहान जब यो समूहले आरोहण सुरु गर्यो झण्डै ४ घण्टापछि दिउँसो १ बजे २८ हजार ७०० फिट (८७५० मिटर) सम्म पुग्न सफल भयो ।
(टिम लिडर जोन हन्ट (बीचमा) र, तेन्जिङ , हिलारी )
उनीहरु पुग्नै लागेका थिए । तीमध्ये एक जनाको अक्सिजन मास्कको भल्भ भाँचिन पुग्यो । र, यसलाई बनाउन एक घण्टा लाग्यो । लगातार अक्सिजनको कमिका कारण अगाडि बढ्न सकेनन् र पछि फर्कनु पर्यो ।
यो पछि पालो थियो, तेन्जिङ र हिलारीको । तेन्जिङ र हिलारीले २८ मे क्याम्पमा बिताए । र, आफ्नो पहिलो आरोहण २९ मे मा सुरु गरे ।
घरबाट निस्कन लाग्दा तेन्जिङलाई उनकी छोरी निमाले एउटा पेन्सिल दिएकी थिइन् । साथै उनका एक साथीले राष्ट्रिय झण्डा दिएका थिए । आरोहणमा निस्कने बेला तेन्जिङसँग संयुक्त राष्ट्र संघ, ग्रेट ब्रिटेन, नेपाल र भारतका चार झण्डा थिए । उनले आफ्नो गैंतीमा मजबुद बाँधेका थिए ।
यद्यपि सन् १९५२ मा तेन्जिङ यहाँसम्म आइपुगेका थिए । तर आरोहण यहाँबाट अघि बढ्न सकेको थिएन । हन्टको निर्देशनपछि तेन्जिङ र हिलारीले २९ मे को बिहान ६ः३० बजे क्याम्प छाडे । तर, तेन्जिङको खुट्टाले त्यति साथ दिइरहेको थिएन ।
बितेको रात २८ मे मा हिउँ बतासले क्याम्पभित्र सुतेका बेला तेन्जिङले आफ्नो जुत्ता क्याम्पबाहिर खोलेका थिए । उनले यो आफ्नो बानी भएको बताएका थिए । तर त्यस बिहानसम्म उनको खुट्टाले केही थाहा पाउने अवस्थामा थिएन ।
बिहान निस्कनु अघि तेन्जिङले सुरक्षाका लागि र चिसो हावाबाट बच्नका लागि तीन प्रकारका मोजा लगाएका थिए । सुरुमा केही अप्ठ्रो भयो । तर, सानैदेखि हिमालमा रहेका तेन्जिङले एक घण्टामा १ हजार फिट (३०० मिटर) आरोहण पूरा गरे ।
तेन्जिङ र हिलारीले २८ हजार फिट (८ हजार ५ सय मिटर) मा नौ बजे पुगेपछि केही बेर रोकिएर आराम गरे । र अन्तिम एक हजार मिटरको आरोहण सुरु गरे ।
(सगरमाथा शिखरमा तेन्जिङ नोर्गे शेर्पा )
२९ मेको साडे ११ बजे तेन्जिङ हिलारीले सगरमाथा विजय प्राप्त गरे
बाँकी ३ सय मिटर चढ्न बाँकी थ्यो, एउटा ठूलो समस्या अघि आयो । त्यहाँ एउटा ठाडो चट्टान फेला पर्यो । तेन्जिङले हिलारीलाई भने यो भन्दा अगाडि अत्यन्तै खराब बाटो छ । र, यो ज्यानै जान सक्ने पनि हुन सक्छ । यो चट्टान पार गर्नु आवश्यक थियो ।
यहाँ हिलारी र तेन्जिङले केहीबेर आराम गरे । र आफ्नो ब्यागको डोरी कसे । दुबैले ३० फिटको डोरी समाते र अगाडिपछाडि भएर चढ्न सुरु गरे । चिप्लो हिउँ र छडी र डोरीको सहयोगले चढ्दै धीरतापूर्वक उनीहरु अघि बढे ।
दुबै झण्डै १५ मिनेट थप चढे । र, उनीहरुले आफूलाई सबैभन्दा अग्लो शिखरमा पाए । घडीमा ११ बजेर ३० मिनेट गएको थियो ।
तेन्जिङले मन थाम्न सकेनन् । उनी रोए । उनलाई हिलारीले सम्हाले । उनले ब्यागबाट झण्डा निकाले । हिउँमा गाडे । छोरीले दिएको पेन्सिल पनि हिउँमा गाडे । केही तस्बिर खिचाए र, भगवानलाई धन्यवाद दिए ।