श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल जेठ १६ गते मङ्गलबार, ३० मे २०२३, पिङ्गलनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको दशमी तिथि १३ः१९ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र हस्ता भोलि ०६ः१०बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५३ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
रकम तथा भौतिक साधन जुट्नाले दिन उत्साहजनक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनसक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। प्रतिष्ठा जोगाउन सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बल तथा बुद्धिको उपयोगले अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषिक्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले साथ दिनेछन्।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
हड्बड गर्नाले काम बिग्रन सक्छ । साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नै व्यवहारले समस्या निम्त्याउन सक्छ । परिस्थिति अलि प्रतिकूल रहला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
महŒवाकाङ्क्षी योजना गोप्य राख्नुहोला। पशुधनबाट सामान्य लाभ उठाउन सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आवश्यक पर्दा सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
विगतका कर्मको उचित प्रतिफल पाइनेछ। कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।