श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ १७ गते बुधबार, ३१ मे २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको एकादशी तिथि १३ः५८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र हस्ता ०६ः१० बजेसम्म, उप्रान्त चित्रा, चन्द्रमा राशि कन्या, सूर्योदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
प्रशस्त धन आर्जन गर्ने मौका छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने ठूलो काम बन्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
मेहनतले सम्मानित स्थान दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । बोलीको प्रभाव बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मान–सम्मान प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रचनात्मक काम बन्नुका साथै मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने मौका छ। बेलैमा होस नपु¥याउँदा केही चुनौती आउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका पछि लाग्दा आफ्नै धनमाल गुम्न सक्छ । साथीभाइसँग पनि असमझदारी बढ्न सक्छ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
खर्च बढ्नुका साथै आर्थिक अभाव देखापर्ने समय छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। धेरै लगानी गरे पनि थोरै मात्र फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आँटले काम सम्पादन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मेहनतको राम्रो परिणाम प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
मनग्य आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने योग छ। थोरै लगानीबाट धेरै नाफा उठाउन सकिनेछ।