श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल जेठ १८ गते बिहीबार, १ जुन २०२३, पिङ्गलनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको द्वादशी तिथि १३ः५३ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र चित्रा ०७ः०० बजेसम्म, उप्रान्त स्वाती, चन्द्रमा राशि तुला, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५४ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अप्ठ्यारा परिस्थितिलाई सहज बनाउने समय छ। रोकिएका काम बन्नाले मनग्य लाभ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
द्वेष वा ईष्र्या गर्नेहरूले हार खानेछन्। चुनौती पन्छाएर काम बनाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
योजना शुभारम्भ हुनेछ। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आफन्तले पनि उत्साह जगाउनेछन्। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ।अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। विवाद तथा मुद्दाहरूमा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
परिस्थितिअनुसार चल्न नसक्दा अलि दुःख पाइनेछ। हतारको निर्णयले काम बिग्रन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला। आफन्तको सहयोगले काम बनाउन सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
समस्याले सताए पनि सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। काम बन्नुका साथै आर्थिक स्थितिमा सुधार आउनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। साथीभाइसँग केही सन्तुलित व्यवहार गर्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
बेसुरमा काम गर्ने बानीले समस्या पर्न सक्छ। शुभचिन्तकहरूको सहयोगले काम बन्नेछ।