तल्लो अरुण, फुकोट कर्णाली, पेट्रोलियम पाइपलाइन, क्रस बोर्डर पेमेन्ट लगायत नेपाल र भारतबीच सात विषयमा सम्झौता भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमार्फत् समझदारी भएका विषयमा जानकारी दिएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणको क्रममा विहीबार सम्झौतामा हस्ताक्षर भएको हो । नेपाल र भारतबीच दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएको छ । सम्झौता अन्तरगत भारतले नेपालबाट आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने लक्ष्य राखेकाको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए ।
मोदीले खुर्कोट–कर्णाली र तल्लो अरुण जलविद्युत परियोजनामा भएको सम्झौताले सम्बन्धलाई ऊर्जा थप्ने बताए ।
मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनलाई चितवनसम्म बिस्तार गरिने बताए । यस्तै सिलगुढीदेखि झापासम्म अर्को पाइपलाइन बनाइने समेत मोदीले घोषणा गरे ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल र भारतबीचको सम्बन्ध आफ्नो कार्यकालमा सुदृढ हुँदै गएको बताए ।
यस्ता छन् सम्झौता
– सुनौली भैरहवा इन्टिग्रेटेड चेकपोस्टको शिलान्यास
– नेपालगञ्ज रूपैडिया इन्टिग्रेटेड चेकपोस्टको उद्घाटन
– बथनाहा बिराटनगर कार्गो रेलको उद्घाटन
– अमलेखगञ्जदेखि चितवनको लोथल सम्म पेट्रोलियम पाईपलाईनको शिलान्यास
– गोरखपुर–न्यू बुटवल ४०० केभी डबल सर्किट ट्रान्समिसन लाईन निर्माणको शिलान्यास
– सिलीगुड़ी – झापा पेट्रोलियम पाइपलाईन निर्माण कार्यको समझदारी
– तल्लो अरूण हाईड्रोपावर प्रोजेक्ट
– फुकोट कर्णाली हाइड्रोपावर प्रोजेक्ट
– क्रस बोर्डर पेमेन्ट समझदारी