श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं.२०८० साल जेठ  १९ गते शुक्रबार, २ जुन २०२३, पिङ्गलनाम संवत्सर। ज्येष्ठ शुक्लपक्षको त्रयोदशी तिथि १३ः०४ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र स्वाती ०७ः०६ बजेसम्म,  उप्रान्त विशाखा, चन्द्रमा राशि  तुला, सूर्याेदय ०५ः०८ बजे र सूर्यास्त ०६ः५५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक क्षमतामा निखार आउनेछ । ठूलै काम पनि सम्पादन हुनेछ । सहयोगीहरूले साथ दिनेछन् ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा मनग्य फाइदा हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभांशबाट अरूको समेत सेवा गर्न सकिनेछ।आफन्तसँग भेटघाट हुनाले परिवेश उल्लासमय रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि नयाँ काम गर्न हौसला प्रदान गर्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
वादविवादले सम्बन्ध कमजोर बनाउन सक्छ । फजुल खर्च बढ्ने सम्भावना छ । अर्थ अभावले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
फाइदाका लागि दोहो¥याएर प्रयत्न गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अरूको विश्वास गर्दा धोका पाइनेछ। बसाइको स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आगन्तुकले अलमल्याउने हुँदा नियमित काममा भने बाधा पुग्न सक्छ।श्रम परे पनि राम्रो परिणाम प्राप्त हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
तारिफयोग्य काम गर्दै मनग्य धन आर्जन गर्न सकिनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।