पाँचथरको रणशेर गणका सेनाले आपतकालीन उद्धारका लागि हेलिप्याड निर्माण गरेका छन् ।
गर्भवती र सुत्केरी महिला साथै दुर्घटना र प्राकृतिक प्रकोपमा परेका नागरिकको अपतकालीन उद्धारको लागि हेलिप्याड निर्माण गरिएको रणशेर गण फिदिमले जानकारी दिएको छ ।
जिल्लाको दुर्गम क्षेत्रमा पर्ने हिलिहाङ र फालेलुङ गाउँपालिकाका नागरिकको सुविधा र जोखिम न्यूनीकरणका लागि हेलिप्याड निर्माण गरिएको प्रमुख सेनानी दिलिप राउतले जानकारी दिए ।
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत दुर्गम हिमाली र पहाडी क्षेत्रमा ज्यान जोखिममा रहेका गर्भवती र सुत्केरी महिलाहरुको लागि हवाई उद्धार हुँदै आएको छ ।