श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २१ गते आइतबार, ४ जुन २०२३, पिङ्गलनाम संवत्सर । ज्येष्ठ शुक्लपक्षको पूर्णिमा तिथि ०९ः३० बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र अनुराधा ०५ः२० बजेसम्म, उप्रान्त मूल, चन्द्रमा राशि वृश्चिक, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहो¥याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरूको विषयमा चासो राख्दा व्यर्थैमा दुःख पाइनेछ। आँटेको काममा अरूको मुख ताक्नाले पछि परिएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मूल्याङ्कन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। आफ्नो प्रतिफल अरूलाई सुम्पनु पर्नेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आलोचकहरूलाई व्यवहारले समेट्ने चेष्टा गर्नुहोला। मिहिनेतको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अवसर प्राप्त भए पनि परिस्थितिवश चिताएका काममा बाधा होला। आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
प्रयत्न गर्दा स्थितिमा सुधार आउन सक्छ। शुभचिन्तकहरूको मनोभाव विचार गरेर मात्र अघि बढ्नुहोला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दोहो¥याएर प्रयास गर्दा रोकिएका काम सम्पादन हुनेछन्। सूचना बाहिरिन सक्छ, ध्यान पु¥याउनुहोला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत् धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ।