धरान । सुनाखरी एकेडेमी बाल क्लबको आयोजनामा विद्यार्थीहरू जातीय पोसाकमा सजिएर सांस्कृतिक दिवस मनाएका छन् ।

विद्यार्थीलाई नेपाली समाजभित्र रहेका संस्कार, संस्कृति, कलाको पहिचानबारे ज्ञान दिने उद्देश्यले सांस्कृतिक दिवस आयोजना गरिएको एकेडेमीका प्रिन्सिपल मिलनकुमार राईले जानकारी दिए । विद्यार्थीहरू विभिन्न जातीय पोसाकमा सजिएर सहभागी भएका थिए । कार्यक्रममा विद्यार्थीले आ–आफ्नो संस्कार र संस्कृतिबारे वक्तव्य पनि दिएका थिए । साथै राई समुदायमा प्रचलित साकेला नाच पनि प्रस्तुत गरिएको एकेडेमीका निर्देशक प्रदीप राईले जानकारी दिए ।