श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २२ गते सोमबार, ५ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको प्रतिपदा तिथि ०६ः५९ बजेसम्म, उप्रान्त द्वितीया, नक्षत्र मूल भोलि ०१ः४१ बजेसम्म, उप्रान्त पूर्वाषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५६ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सोचेको समयमा काम नबन्न सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पु¥याउनु होला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। समस्या दर्शाउँदा सहयोगीहरूको साथ पाइनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
प्रयत्न गर्दा गुमेको रकम जोगाउन सकिनेछ।दिन रमाइलो रहनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भौतिक साधन जुट्नुका साथै दिगो काम थाल्ने समय छ । अवसरले काममा उत्साह जगाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
नयाँ कामका लागि सम्भावना खोजी गर्ने समय छ। रमाइलो यात्राका बीच आतिथ्यपूर्ण सम्मान प्राप्त हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
सुमधुर दाम्पत्यले प्रफुल्लित भइनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। स्वास्थ्यसम्बन्धी चिन्ताले सताउन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
हल्लाको पछि लाग्दा दुःख पाइनेछ । गोपनीयता बाहिरिनाले पनि काममा समस्या आइपर्ला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त हुनेछ। दिन सामान्य रहनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
शत्रु र रोगबाट भने सजग रहनुपर्ला। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। छोटो दूरीको फलदायी यात्रा हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । हुलमुलमा धनमाल जोगाउन सजग रहनुहोला।अध्ययनमा राम्रो प्रगति हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सेवामूलक कामबाट धनलाभ हुनेछ। शुभचिन्तकहरूले साथ दिनेछन्। प्रतिभा प्रदर्शन गर्दै उपलब्धि प्राप्त गर्न सकिनेछ ।