नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलको बैठक  बस्न भएको छ । आज साँझ  बस्ने बैठकमा सरकारबारे छलफल हुने भएको हो ।

माओवादी कोशी प्रदेशका एक सांसदका अनुसार बैठकमा सरकार छाड्ने विषयमा छलफल हुनेछ । ती सांसदले भने,'सरकार छाड्न सक्ने सम्भावना छ ।'
कोशी प्रदेशमा माओवादी केन्द्र नेकपा एमाले नेतृत्वको सरकारको साझेदार छ ।

‘जरुरी निर्णय गर्नु पर्ने भनेर बैठक बोलाइएको छ,’ ती सांसदले भने, ‘जरुरी भने पनि त्यो सरकार बारेकै निर्णय हो ।’

एमाले संसदीय दलका नेता हिक्मतबहादुर कार्की माओवादी केन्द्र, राप्रपा र जनता समाजवादीको समर्थनमा २४ पुसमा मुख्यमन्त्री नियुक्त भएका थिए ।

जसपा समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिए पनि माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छैन ।

९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ।
९३ सदस्यीय कोशी प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद् छन् ।