श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २३ गते मङ्गलबार, ६ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको तृतीया तिथि भोलि ०१ः११ बजेसम्म, उप्रान्त चतुर्थी, नक्षत्र पूर्वाषाढा २३ः३२ बजेसम्म, उप्रान्त उत्तराषाढा, चन्द्रमा राशि धनु, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोगले फाइदा उठाउन सकिनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
परिस्थितिअनुसार निर्णय लिन नसक्दा काम बिग्रन सक्छ। मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्दा लाभ हुनेछ। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
भूमि तथा पशुधनबाट फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला।परिस्थिति सोचेजस्तो अनुकूल नहुन सक्छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आवेशमा काम गर्दा विवादमा परिनेछ। दाजुभाइमा केही असमझदारी देखापर्न सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। काम थाल्नुअघि विचार पुर्याउनु होला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। लगनशीलताले अप्ठ्यारा परिस्थितिसमेत सहज बन्नेछन्।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
बोलीको प्रभाव बढ्नेछ भने सेवामूलक कार्य गर्ने अवसर जुट्नेछ। चिताएको काम सम्पादन हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। मान–सम्मान प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
गरेका कामबाट धनलाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ।