श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २४ गते बुधबार, ७ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको चतुर्थी तिथि २२ः११ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरषाढा २१ः२० बजेसम्म, उप्रान्त  श्रवण, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५७ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
नाम, दाम र इनाम प्राप्त हुनेछ। रमाइलो जमघटमा सहभागी बन्ने अवसर जुट्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
रमाइलो जमघटको आनन्द प्राप्त हुनेछ। नयाँ कामको अवसर प्राप्त हुनाले हौसला जाग्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। परिवारजनबाट टाढिनुपर्ला। आश देखाउनेहरूले फसाउन सक्छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
समस्या पर्दा सहयोग गर्नेहरू भेटिनेछन्। खर्च लागे पनि दिगो फाइदा हुने काम फेला पर्न सक्छ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती पन्छाउँदै रोकिएका काम बनाउन सकिनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुने समय छ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। दैनिक आवश्यकता पूरा हुनेछन् भने मिहिनेतको फल प्राप्त हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारीसमेत बढ्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने आर्थिक साझेदारीबाट पनि मनग्य लाभ मिल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
पुराना कामको चर्चा हुनेछ भने मिहिनेत गर्दा उपलब्धिको स्रोत पनि प्राप्त हुनेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
सामाजिक उत्तरदायित्व प्राप्त भए पनि जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। परिस्थितिवश आफन्तबाट टाढिनु पर्ला ।