विषय प्रवेशः नेपालमा भ्रष्टाचार र दुराचारबारे बृहत् परिभाषा र पूर्ण व्याख्या सहितको स्पष्ट भाष्य निर्माण भएको छैन । यसलाई गैरकानूनी र सामाजिक स्थापित मूल्य–मान्यता विपरीत चल–अचल सम्पत्ति लिनेदिने प्रक्रियालाई मात्र भ्रष्टाचार भन्ने गरिएको छ । पद, पावर र प्रतिष्ठाको दुरुपयोग गर्नु भ्रष्टाचार हो । नियम कानून उल्लङ्घन गर्नु भ्रष्टाचार हो । तर, भ्रष्टाचार वा दुराचारको यो पूर्ण, सपाट र समग्र परिभाषा होइन । वस्तुतः कोही पनि व्यक्ति, समुदाय र समाजले कुनै पनि व्यक्ति, समुदाय र समाजप्रति गलत दृष्टिकोण, विचार र व्यवहार प्रदर्शन गर्नु पनि भ्रष्टाचार हो । कसैले कसैलाई वस्तुवादी विश्लेषण विना नै गलत नजरबाट हेर्नु, बुभ्mनु, व्याख्या गर्नु र धारणा बनाउनु भ्रष्टाचार हो । अर्थात् कसैले केवल आप्mनो निहीत स्वार्थको उर्वर धरातलको लागि कसैमाथि कुदृष्टि, कुभलो र नकरात्मक सोच्नु भ्रष्टाचार हो । धरातलीय यथार्थको गुरुत्वकेन्द्रबाहिर आरोप–प्रत्यारोपमा उत्रिनु भ्रष्टाचार र दुराचार हो । अर्थात् कसैले कसैमाथि गरिने राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिकरूपमा नकारात्मक नजर, दुराग्रह, आग्रह, पूर्वाग्रह र लोभ–पापजन्य हर्कतहरू सबै भ्रष्टाचार वा दुराचार हो ।
सार्वभौमतः कुनै पनि व्यक्ति, वस्तु, समाज र सत्ता निरपेक्ष सही र गलत हुँदैन । त्यस्तो कसैले सोच्छ भने त्यो बनिबनाउ कल्पना मात्र हुन्छ । वस्तुवादी चाहना हुँदैन । वस्तुतः समाजका यावत् गतिविधिहरू वस्तुगत धरातलद्वारा निर्देशित हुन्छ । धरातलदेखि टाढाको सपना देख्न त सकिन्छ तर, त्यसले यथार्थमा रूपान्तरण ल्याउन सक्दैन । वस्तुवादी र परिणाममुखी हुँदैन । आफूले आपैmलाई वा आप्mनै नाता, आफन्त, परिवार, वंश, जाति, समुदाय, समाजलाई मात्र शतप्रतिशत सही र सकारात्मक देख्नु पनि भ्रष्टाचार हो । अरूले समाज र राष्ट्रको हित र स्वार्थमै काम गर्दा पनि निरपेक्ष नकारात्मक मनोविज्ञान लिनु पनि भ्रष्टाचार वा दुराचार हो । यो सदाचार होइन । यसको मतलव खराब, भ्रष्ट र अपराधीहरूलाई पनि सदाचार राख्नुपर्छ भन्ने होइन । त्यसमा त को नजिक, को टाढा अनि को आप्mनो र को अर्काको विना लक्ष्मणरेखा आलोचना मात्र होइन, निर्मम ढङ्गले कारबाही गर्न तयार हुनुपर्दछ । त्यसैले आफू र आफन्तको स्वार्थ वा हितको कभरमा अरूलाई निरपेक्ष गलत देख्ने चर्मचक्षु आपैmमा भ्रष्टाचारको प्रतिबिम्ब हो ।
नेपाली समाजको भाष्य आफू, आप्mनो गुट र आप्mनो पार्टीभन्दा माथि उठ्न सकेको छैन । कुनै पनि सवालहरू योभन्दा बृहत्तर स्वार्थगत उचाइबाट प्रस्तुत गरिँदैन । जसले गरे पनि समाज र राष्ट्रको हित वा स्वार्थमा रहेछ भने उक्त कदमप्रति सकारात्मक दृष्टिकोणसम्म राख्ने न्यूनतम् विवेक देखिँदैन । सामाजिक तथा राष्ट्रिय हितमा समेत न्यूनतम् सामmा अवधारणा वा दृष्टिकोण बन्न सक्दैन । यस्तो आत्मकेन्द्रित व्यक्तिवादी वा समूहवादी मनोविज्ञानले समग्र सामाजिक स्वार्थको प्रतिनिधित्व गर्न सक्दैन । आफूले गरे ठीक र अरूले त्यही गरे बेठीक, आफूले गरे राष्ट्रवादी अरूले त्यही गरे राष्ट्रघाती, आफूले गरे छलाङ अरूले त्यही गरे बर्बाद, आफूले गरे साहसिक पाइला अरूले त्यही गरे कायरपना, आफूले गरे ऐतिहासिक अरूले त्यही गरे औचित्यहीन, आफूले गरे युगान्तकारी अरूले त्यही गरे औपचारिक अनि आफूले गरे सफल अरूले त्यही गरे असफल भन्ने दुराग्रही मनोविज्ञान राख्नु पनि गम्भीर भ्रष्टाचार हो । त्यतिमात्र होइन, आपैmले मात्र जस लिन खोज्नु पनि भ्रष्टाचार हो । सहयोग वा जसको अन्तर्यमा त्योभन्दा ठूलो स्वार्थ राख्नु पनि भ्रष्टाचार हो । राम्रै काम गर्दा पनि उसलाई जस जान्छ भनेर पूर्वाग्रही सोच्नु पनि भ्रष्टाचार र दुराचार हो । यस्तो संस्कृतिले सही र सत्यप्रति पनि विभ्रम पैदा गरिदिन्छ । तब सत्य र सही असत्य र गलतजस्तो अनि असत्य र गलत सत्य र सही हो भन्ने भ्रम पर्दछ । यसले सिङ्गो सामाजिक भाष्य नै सही र गलत पहिचान गर्न नसक्ने चक्रव्यूहमा फस्दछ ।
कसैको निहीत स्वार्थ र हितमा सही वा गलत विन्यास गर्नु भ्रष्टाचार र दुराचार मात्र नभएर अपराध पनि हो । तपाईं हाम्रो निजी स्वार्थै–स्वार्थले गाँजेको समाजमा सही र गलत पनि स्वार्थगत र हितगत व्याख्या र विश्लेषणमा निर्भर हुनजान्छ, जुन सरासर गलत हो । अर्थात् स्वार्थ नमिल्दा सही पनि गलत हुन्छ अनि स्वार्थ मिल्यो भने गलत पनि सही हुन्छ । तर, सार्वभौम विज्ञानको प्रयोगशालामा सही सही हुन्छ भने गलत गलतै हुन्छ । सही र गलतलाई कसैको निहीत स्वार्थ र हित अनुरूप अपव्याख्या गर्न सकिँदैन । नेपालमा त सही र गलत, राष्ट्रहित र राष्ट्रघात अनि अग्रगामी र पश्चगामीको सीमारेखा निर्धारण आवधिक चुनाव हारजितको स्वार्थमा कैद गरिएको छ । यो दुःखद् र बिडम्बना हो । यसरी चुनावी धरातल निर्माण र विनिर्माणकै स्वार्थ वरिपरि सबै सार्वभौम र स्थापित मूल्यमान्यताहरू लिलाम वा सौदाबाजी गर्नु भनेको पनि भ्रष्टाचार वा दुराचार नै हो । यस्तो गलत रवैयाले पनि कुनै अमुक व्यक्ति, समूह र पार्टीलाई फाइदा पुग्ला तर, यस्तो गलत संस्कृतिले कालान्तरमा सिङ्गो समाजलाई गम्भीर नोक्सान हुनेछ । यसले समग्र समाज र सामाजिक भाष्यलाई नै भ्रष्टाचारी, दुराचारी र अपराधीमा रूपान्तरण गर्नेछ । हामी त्यसको अंशियारी भएर बस्नु पर्ने परिस्थिति बन्ने खतरा हुन्छ ।
आज भ्रष्टाचार र दुराचारले समाजको अस्मिता लुटिएको छ । मानवीय सचेतना, सभ्यता, मूल्य–मान्यता, विवेक र संस्कृतिहरू भ्रष्टीकरण गरिएको छ । समाज झन्–झन् तीतो, अमिलो, टर्रो र अर्घेलो बन्दै गइरहेको छ । सौन्दर्य शास्त्रीय आँखाबाट नियाल्ने हो भने यो झन् कुरूप हुँदै गएको छ । अपाङ्ग र अश्लील बन्दै गएको छ । सिद्धान्त, विचार, दृष्टिकोण र आदर्शले नेतृत्व नगरेको समाजमा हुने यस्तै हो । गैर–कानूनी वा अवैधरूपमा पैसा कमाउनु मात्र भ्रष्टाचार होइन । राष्ट्र र जनताको हित वा स्वार्थमा गलतलाई गलत दर्ज गर्नु हामी सचेत नागरिकहरूको कर्तव्य हो । सहीलाई सही भनेर स्थापित गराउनु हाम्रो दायित्व हो । तर, निहीत स्वार्थको बर्की ओढेर सहीलाई पनि गलत देख्नु, रिस, ईष्र्या, डाहा गर्नु, मन भत्भती जल्नु अनि दिल–दिमागलाई निषेध र नकारात्मकताको दलदलमा फसाउनु असली भ्रष्टाचार र दुराचार हो । यसलाई सदाचार र आलोचनात्मक सुझाव भन्न सकिन्न । किनकि सुझाव र सल्लाहहरू सिर्जनशील र पथप्रदर्शनयोग्य हुने गर्दछ । वास्तवमा सुझाव भनेको गल्ती सच्याउने उपचार पद्दति हो ।
पाइलैपिच्छे आप्mनै स्वार्थ, आप्mनै भलो र आप्mनै हित मात्र देख्ने आँखाहरूले सहीलाई सही देख्न सक्दैन । किनभने उसलाई स्वार्थको रतन्धो रोग लागिसकेको हुन्छ, जुन विश्वको जुनसुकै अस्पतालमा लगे पनि निको हुँदैन । यसको रोग निदान राजनैतिक समाज विज्ञान अन्तर्गतको आन्दोलनको प्रयोगशालामा मात्र हुन सक्दछ, जहाँ उनीहरू जान चाहँदैनन् । तब उसको स्वार्थी र रोगी आँखाले सहीलाई गलत अनि गलतलाई सही, कालोलाई सेतो अनि सेतोलाई कालो अनि सुन्दरलाई कुरूप र कुरूपलाई सुन्दर देख्ने दृष्टिदोष रहिरहन्छ । यस्तो ढोङ्गी समाजमा सही र गलत, राष्ट्रहित र राष्ट्रघात अनि अग्रगामी र पश्चगामी छुट्टिने लक्ष्मणरेखा हुँदैन । सबै उस्तै–उस्तै देखिन्छ । टिकटक, भाइबर, ह्वाट्सएप, युट्युब, फेसबुकका भित्ताका लाइभहरूमा पोखिएको प्रवचन, चोटिलो–घोचिलो गाली र स्वादिलो प्रतिबद्धताहरूमा ठीक बेठीक नाप्ने गरिन्छ । लोकप्रियता वा समर्थन र विरोधलाई तौलने गरिन्छ । राजनैतिक एजेण्डा, कार्यदिशा र कार्ययोजना हेरिँदैन । यसैको आधारमा समाधान खोज्ने वा देख्ने गरिन्छ । यस्तै सामाजिक सञ्जालजन्य स्वादहरूमा लठ्ठिएका, बहकिएका, बरालिएका, भड्किएका मतदाताहरूले वस्तुवादी ढङ्गले सही र गलत छुट्याउने कुरै आउँदैन । त्यसपछि जनादेश राजनैतिक आदर्श र इमान–जमानका सीमारेखाहरू नाघ्न थाल्दछ । तब म मात्रै सही अनि मैले नै त्यो सबै गरेको भन्ने जसवादी रटानको अन्तर्यमा लोकप्रियतालाई प्राविधिक ढङ्गले तौलने गरिन्छ । नितान्त सेवाको रूपमा जस लिन खोज्नु सही हो । तर, जसलाई निहीत स्वार्थ सिद्धिको भ¥याङ बनाउनु भ्रष्टाचार र दुराचार हो । त्यही माहौलजन्य जसवादी लोकप्रियताकै बलमा चुनावी परिणाम सप्रिने र बिग्रिने गर्दछ । यसकारण नेताहरू जीवन–मरणकै रूपमा जसवादी रटान लगाउन लालायित हुन्छन् । योभन्दा गम्भीर भ्रष्टाचार अरू हुँदैन ।
निष्कर्षः त्यसैले लुकीछिपी पैसा खानु मात्र भ्रष्टाचार होइन । गलत स्वार्थ राखेर पैसा खुवाउनु पनि भ्रष्टाचार हो । कसैको अस्मितामाथि गिद्देनजर लगाउनु मात्र दुराचार होइन । प्रधान पक्षलाई नजरअन्दाज गर्दै गौण पक्षको कुरा गर्नु भनेको पनि एकखालको भ्रष्टाचार वा दृष्टिदोष नै हो । आफूले गरेको मात्र सही र अरूले त्यही काम हु–बहु गर्दा गलत देख्नु झनै महा–भ्रष्टाचार र दुराचार हो । जस जति आपैm मात्र लिने र अपजस जति अरूको टाउकोमा थोपर्ने प्रवृत्ति पनि अवसरवादी भ्रष्टाचार नै हो । आफ्नो निहीत स्वार्थलाई केन्द्रमा राखेर गरिने गाली, प्रवचन, विज्ञप्ति, ईष्र्या, डाहा, क्रोध र उग्र–जलनहरू सबै भ्रष्टाचारजन्य क्रियाकलापहरू हुन् । मौजुदा कामभन्दा ठूलो स्वार्थ राखेर गरिने चिप्लो र रणनैतिक वाचा–कसमहरू सबै भ्रष्टाचार र दुराचारकै अङ्गहरू हुन् । अर्थात् सहयोग र गालीको पछाडि आप्mनो लागि अझ ठूलो स्वार्थ राखिन्छ भने त्यो पनि भ्रष्टाचार नै हो । राजनीति, एजेण्डा, कार्यदिशा, कार्यक्रम अनि कार्ययोजनाको गुण–दोषहरूको सही विश्लेषण र संश्लेषण विना केवल चुनाव जित्ने वा जिताउने धङधङी वा चक्करमा अरूलाई आरोप लगाउनु भनेको भ्रष्टाचार र दुराचार बाहेक अरू केही होइन । यस्तो संस्कृतिले विवेकशील, सृजनशील, सभ्य र उन्नत समाज होइन, अपराधी र व्यक्तिगत स्वार्थको मलमा अन्धभक्तिद्वारा निर्देशित भक्तबहादुरहरू मात्र हुर्किनेछन् ।
तसर्थ, प्रचण्डले भारत भ्रमणको सन्दर्भमा १० हजार मेगावाट बिजुली खरिदलगायत सातवटा दूरगामी महत्व राख्ने समझदारीहरू गरेको सन्दर्भमा आलोचनात्मक अध्ययन गरौँ । यसैको जगमा उभिएर पुग–अपुग छलफल गरौँ । सही–गलत वा सबल–दुर्बल पाटाहरूमा बहस गरौँ । नपुगेकोमा रचनात्मक सुझाव र सल्लाह दिने गरौँ । यसलाई सकेसम्म जनहित र राष्ट्रहितमा बदलौँ । भैंसी मात्र ल्यायो भन्नु भनेको आचारमा सदाचार नहुनु नै हो । आचार वा व्यवहारमा सदाचार नहुनु भनेको चरम् भ्रष्टाचार र दुराचार नै हो । प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणको मुख्य पक्षलाई नजरअन्दाज गर्दै राँगा मात्रै ल्यायो भन्नु भनेको कहिलेकाहीँ लोलीमा–बोली चिप्लिएको बहानामा व्यापक श्रम–अभियान सञ्चालन गरिरहेका धरानका मेयर हर्क साम्पाङले केही गरेन भन्नुजस्तै हो । मन्त्रीलाई टेरेन भन्ने बहानामा बालेन साहको काठमाडौं बनाउने अभियानलाई अनदेखा गरेजस्तै हो । टुसामै भ्रष्टाचार काण्डमा फस्यो भनेर रास्वपालाई अविश्वास गरेजस्तै हो । त्यसैले यस्ता निहीत स्वार्थ प्राप्तिको कक्ष वरिपरि लगाइएका आरोपहरू भ्रष्टाचार र दुराचारकै अभिव्यक्तिहरू हुन् । हाम्रो समस्या भ्रष्टाचार र दुराचारले होइन विचार, विवेक र सदाचारले मात्र समाधान गर्नेछ । सम्बन्धित सबैलाई चेतना होस् ।