धरान उपमहानगरपालिकाले अत्यधिक गर्मीका कारण विद्यालयहरूलाई दिएको बिदामा दुई दिन थप गरेको छ ।
बुधबार उपमहानगरपालिकाको शिक्षा महाशाखा प्रमुख गणेश खतिवडाले सूचना जारी गर्दै जेठ २६ गते सम्मका लागि बिदा थप गरेको हो । यस अघि शिक्षा शाखाले १८ गते देखी २४ गते सम्मका लागि एक साताको बिदा दिएका थियो । तर , गर्मी उस्तै रहेकोले अझै केही दिन बिदा दिन विद्यालयहरूले माग गरेको भन्दै २५ र २६ गते दुई दिन बिदा थप गरिएको सूचनामा उल्लेख गरिएको छ ।