श्री शालवाहनीय शाके १९४३ ने.सं.११४३ वि.सं. २०८० साल जेठ २५ गते बिहीबार, ८ जुन २०२३, पिङ्गलनाम संवत्सर। आषाढ कृष्णपक्षको पञ्चमी तिथि १९ः१८ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र श्रवण १९ः१५ बजेसम्म, उप्रान्त धनिष्ठा, चन्द्रमाराशि मकर, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि प्रयत्न गरे लक्ष्यमा पुग्न सकिनेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन् । चिताएको योजना कार्यान्वयनमा आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
दिगो काममा जग बसाउने मौका छ । मिहिनेतले नाम, दाम र इनाम पनि दिलाउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा पनि प्रशस्तै लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुहोला। धर्म, कर्म तथा परोपकारी काममा प्रवृत्त भइएला।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मिहिनेतले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। भविष्यका लागि विशेष काममा जग बसाउन सकिनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
दिगो फाइदा हुने काम सुरु हुन सक्छ । अवसर आए पनि काम थाल्नुअघि राम्ररी विचार पु¥याउनुहोला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धेरै श्रम गर्नुपरे पनि उचित मूल्य प्राप्त नहुन सक्छ । काममा धन र श्रम खर्चनु पर्ला।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
उपलब्धिका केही स्रोत भने पहिल्याउन सकिनेछ। दोहो¥याएर प्रयत्न गरे आँटेको काम बन्नेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
चिताएको मूल्य प्राप्त नभए पनि पछि फाइदा हुने काम हातलागी हुनेछ । खानपानमा ध्यान पु¥याउनु होला।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
घुमफिर तथा मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।