नेपाल समाजवादी पार्टी, (नेसपा) को केन्द्रीय समिति बैठक भक्तपुरमा सुरु भएको छ  ।  बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षा गर्दै पार्टीको आगामी योजना तथा कार्यक्रम तय गर्ने  नेसपाका अध्यक्ष  डा. बाबुराम भट्टराईले जानकारी दिएका छन् ।

बैठकमा अध्यक्ष डा. भट्टराईले राजनीतिक प्रतिवेदन पेस गर्ने जनाइएको छ । ‘अबको राष्ट्रको संकल्प नयाँ समाजवादी विकल्प’ शीर्षकको २३ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले सुझाव दिनेछन् । यसका साथै सांगठनिक प्रस्ताव पनि बैठकमा पेस हुने जनाएको छ ।  बैठक भोलिसम्म चल्ने सो पार्टीले जनाएको छ ।

—रासस