भारतको मुम्बई स्थित मिरा रोड क्षेत्रमा रहेको आकाशगंगा सोसाइटीमा एक महिलाको निर्मम हत्या भएको छ । ३२ वर्षीय सरस्वती वैद्यलाई उनैसँग लिभ इन रिलेसनमा बसेका  ५६ वर्षीय  मनोज साहनीले हत्या गरेको स्थानीय प्रहरीलाई उध्रित गर्दै भारतीय सञ्चारमाध्यमहरूले जनाएको छ ।

सञ्चारमाध्यमका अनुसार  तीन /चार दिन अघि महिलाको हत्या गरी बिरुवा काट्ने हतियारले महिलाको शरीरलाई टुक्रा पारी कुकरमा उमालेको अवस्थामा प्रहरीले बुधafर राती साहनीलाई पक्राउ गरेको हो ।  फ्ल्याटबाट दुर्गन्ध आएको भन्दै स्थानीयवासीले प्रहरीलाई खबर गरेपछि  प्रहरी टोली घटनास्थलमा पुग्दा महिलाको सडेगलेको शवका टुक्रा फेला पारेको सञ्चारमाध्यमले जनाएका छन् ।

ती महिलाको हत्या पछि उनको शरीरलाई टुक्रा पारेर  दुर्गन्धबाट बच्न साहनीले कुकरमा शरीरका अङ्गहरू उमालेको बताए पनि  छिमेकीले अनौठो गन्धले  आएपछि  प्रहरीलाई जानकारी गराएको बताइएको छ।

 प्रारम्भिक अनुसन्धानमा महिलाको घाँटी रेटेर हत्या गरिएको र पछि शवलाई टुक्रा–टुक्रा पारिएको खुल्न आएको प्रहरीले जनाएको छ ।  घटनास्थलमा फरेन्सिक टोली पनि बोलाइएको छ र फ्ल्याटबाट अन्य प्रमाण पनि सङ्कलन गरिएको प्रहरीको भनाइरहेको छ ।