श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २६ गते शुक्रबार, ९ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको षष्ठी तिथि १६ः३९ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र धनिष्ठा १७ः२५ बजेसम्म, उप्रान्त शतभिषा, चन्द्रमा राशि मकर, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुनसक्छ। मान–सम्मान प्राप्त भए पनि आतिथ्य खर्चिलो हुने देखिन्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
केही विवादास्पद जिम्मेवारी वहन गर्नुपरे पनि मिहिनेत गर्दा लक्ष्य प्राप्ति हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
द्वेष तथा ईष्र्या गर्नेहरूले अनावश्यक दुःख दिनेछन्। तापनि चुनौती चिर्दै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मिहिनेतले प्रतिस्पर्धाको दौडसमेत जिताउन सक्छ। केही लगानी गर्नुपरे पनि दिगो काम प्रारम्भ हुनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अध्ययनमा राम्रो उपलब्धि प्राप्त हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। यात्रा गर्ने अवसर जुट्न सक्छ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
हतारमा निर्णय लिने बानीले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
समस्या दर्शाउँदा सहयोगीहरू भेटिनेछन्। मान्यजनको साथ जुट्नाले काम बन्नेछ। दिन सामान्य रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
रोकिएका काममा दोहो¥याएर प्रयत्न गर्नुपर्ला। परिस्थितिले केही खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउनेछ।