देउराली । एसईई सिङ्गिङ आइडला र एसईई डान्सिङ स्टारको यस वर्षको विजेता क्रमशः बेन्जामिन राई र लिसारा थापा मगर भएका छन् ।

फक्ताङलुङ मिडिया प्रालीको आयोजना गरेको  एसईई दिएर बसेका विद्यार्थीहरूका लागि प्रदेश १ स्तरीय गायन तथा नृत्य प्रतियोगिताको गायन तर्फको तेस्रो र नृत्य तर्फको दोस्रो प्रतियोगिताको आज भएको फाइनमा नृत्यतर्फ झापाकी थापा मगर विजयी भएकी हुन भने गायन तर्फ इटहरी २० तरहराका राई विजयी भएका हुन् । विजयी हुने दुवैले नगद ५० हजार, १० जोड २ अध्ययनका लागी निःशुल्क क्षात्रवृत्ति, ट्रफी, उपहार तथा मनाङ–मुस्ताङ भ्रमणको अवसर पाएका छन् ।

बैशाख २० गतेबाट फिजिकल अडिसन तथा डिजिटल अडिसन  मार्फत सुरु भएको यस सिजनको दुवै  विधामा  विभिन्न पाँचौँ चरमा हजार बढी प्रतिस्पर्धालाई उछिन्दै राई र थापामगर विजयी हुन सफल भएको कार्यक्रम निर्देशक राम लिम्बूले बताए । 


अडिसन राउन्ड सँगै पहिलो चरण, दोस्रो चरण, तेस्रो चरण र सेमिफाइनल गरी चार चरणमा प्रतिस्पर्धीहरूलाई छनोट गरी फाइनलमा दुवै विधामा अन्तिम १० प्रतिस्पर्धी रहेका थिए । शुक्रबार धरान १५ स्थित चुम्लुङ भवनमा भएको दुवै विधाको फाइनलमा नृत्य तर्फ नुमा लिम्बू,  लाजिप साही ठकुरी र अस्मिका राई क्रमशः फस्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप भएका छन् ।

त्यस्तै, गायन तर्फ मिङ्मा टी सेर्पा, वालिसा लिम्बू, मुना सुन्दनास क्रमशः फस्ट रनर अप, सेकेण्ड रनर अप र थर्ड रनर अप भएका छन् । प्रतियोगिताको फस्ट रनर अफले ३० हजार नगद, १० जोड २ अध्ययनका लागि  ८० प्रतिशत छुट, ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाउने छन् भने, सेकेण्ड रनर अफले २० हजार नगद, १० जोड २ अध्ययनका ७० प्रतिशत छुट ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाउने र थर्ड रनर अफले भने १० हजार नगद, १० जोड २ अध्ययनका ६० प्रतिशत छुट ट्रफी, उपहारका साथै मनाङ–मुस्ताङ भ्रमणको अवसर पाउने कार्यक्रमका कोर्डिनेटर तीर्थ कार्कीले बताए ।

 प्रतियोगिताको निर्णायकमा गायनतर्फ भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बू , विनायक राई  र जमुना राई  थिए भने नृत्यतर्फ त्यस्तै, नृत्यतर्फ राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे, रेस्मा बान्तावा र नन्द राई  रहेका थिए । 

 गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा गायिका अन्जु पन्तले पनि प्रस्तुति  दिएकी थिइन् । 

FB_IMG_1686356794987

फाइनल कार्यक्रमा गीतकार, कवि तथा पत्रकार गोपाल देवानलाई सम्मान गरिएको थियो ।

देवानलाई फक्तालुङ अनलाइन  टिभीका अध्यक्ष तथा एसईई सिङ्गिङ आइडला र एसईई डान्सिङ स्टार परिकल्पनाकार डम्बर कुमार तुम्बापो र निर्देशन राम लिम्बू र प्रमुख अतिथि दिप श्रेष्ठले दोसल्ला, तथा कदरपत्रले सम्मान गरेका थिए ।