श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २७ गते शनिबार, १० जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको सप्तमी तिथि १४ः२० बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र शतभिषा १५ः५५ बजेसम्म, उप्रान्त पूर्वभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५८ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
कर्मयोगबाट विशेष फाइदा हुनेछ। व्यापार बढ्नेछ भने साझेदारीबाट लाभ मिल्नेछ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
प्रशंसकहरू बढ्नेछन् र शुभचिन्तकहरूको साथ पाइनेछ। नयाँ अवसर प्राप्त हुनुका साथै आम्दानीका स्रोत फेला पर्नेछन्।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
श्रमको उचित मूल्याङ्कन हुनेछ। प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कामतर्फ अग्रसर भइनेछ। आम्दानी बढ्नाले दैनिकीमा पनि परिवर्तन आउन सक्छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पुरुषार्थी काम प्रारम्भ हुनेछ। प्रयत्न गर्दा विशेष स्थान प्राप्त हुन सक्छ। विभिन्न अवसरले पछ्याउनेछन् ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मेहनतले नाम, दाम र इनाम दिलाउनेछ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रुचिका विषयमा लगानी बढाउने अवसर प्राप्त हुनेछ।परिस्थितिवश चिताएको काम पूरा नहुन सक्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू मात्र फेला पर्नेछन्। नयाँ काम प्रारम्भ गर्न बाधा पर्नेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
अस्वस्थताका बावजुद कामको जिम्मेवारी बढ्नेछ। तापनि प्रयत्न गर्दा फाइदाका स्रोत पहिचान गर्न सकिनेछ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्यात्मभाव जागृत हुनुका साथै धर्म–कर्म र परोपकारी काममा समेत प्रवृत्त भइनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अस्वस्थता र कमजोरी अनुभूति हुनेछ। चुनौतीपूर्ण कामको जिम्मेवारी वहन गर्नुपर्ला ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
नियमित काम बन्नाले सामान्य फाइदा भइरहनेछ। केही अप्ठ्यारा काम पनि सम्पन्न हुनेछन्।