श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४३ वि.सं. २०८० साल जेठ २८ गते आइतबार, ११ जुन २०२३, पिङ्गलनाम संवत्सर । असार कृष्णपक्षको अष्टमी तिथि १२ः२५ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र पूर्वभाद्र १४ः४९ बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमा राशि कुम्भ, सूर्योदय ०५ः०७ बजे र सूर्यास्त ०६ः५९ बजे हुनेछ ।
मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
दिन रमाइलो रहनेछ। चिताएको कुरा प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातलागी हुन सक्छ।
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ । मिहिनेतको फल प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। रचनात्मक काममा जुट्ने समय छ। भौतिक साधनहरू प्राप्त हुनेछन्।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नोकरी तथा व्यवसायमा विशेष फाइदा होला । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ भने ईष्र्या गर्नेहरूले हार खानेछन् । पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। आर्थिक लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
महत्वाकाङ्क्षी कार्य शुभारम्भ गर्ने समय छ।आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहो¥याउनु पर्ला।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। योजना बनाएर काम थाल्दा राम्रो फाइदा हुनेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रतिस्पर्धीहरूले हार खानेछन् भने काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
साथीभाइले पनि राम्रै सहयोग गर्नेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ हुनेछ। भौतिक साधन जुट्नेछ ।