बराहक्षेत्र । सामुदायिक विद्यालयहरूको संस्था सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको प्रथम बराहक्षेत्र नगर सम्मेलन सम्पन्न गर्दै १५ सदस्यीय कार्यसमिति चयन गरेको छ ।
देवी प्रसाद दाहालको अध्यक्षता समितिको उपाध्यक्ष, कमला कार्की र सचिवमा परशुराम आचार्य, सह सचिव अनिरुद्ध मण्डल र कोषाध्यक्ष कमला लिम्बू रहेका छन् ।
भरौलको जडेज मावि मा आइतबार भएको कार्यक्रममा सर्वसम्मत चयन भएको समितिको सदस्यहरूमा गीता घिमिरे, बलराम चौधरी, दिपक राई, मिन बहादुर बानियाँ,निता आछामी, दुर्गा कुमारी दाहाल,सोनिका चन्द्रवंशी, मजेबुल खान,खड्ग बहादुर थापा र गजेन्द्र लिम्बू रहेको अध्यक्ष देवी प्रसाद दाहालले जानकारी दिए ।
नव निर्वाचित सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल नगर समिति अध्यक्ष देवी प्रसाद दाहालले, स्थानीय निकायहरूले सामुदायिक विद्यालयहरूलाई हाम्रो हो भनेर अनुभव गर्न नसकेको बताए । उनले व्यवस्थापन समितिहरू लाई संस्थागत गर्दै उनीहरूको काम कर्तव्य र अधिकारको विषयमा एकता गर्न समितिले काम गर्ने बताए ।
स्थानीय निकायहरूलाई विद्यालयहरूको भौतिक र शैक्षिक गुणस्तर विकास र सुधारको लागि नीति तथा ठोस कार्यान्वयनको लागि पहल गरिने बताए । कार्यक्रम सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको कोशी प्रदेशले आयोजना गरेको थियो ।